शुक्रबार, चैत्र १६, २०८०

अवैध मुद्रासहित भारतीय नागरिक गुड्डु गुप्ता पक्राउ

काठमाडौं कात्तिक १५,  सीमा सुरक्षा कार्यालयस्थित सशस्त्र प्रहरी कार्यालयले विभिन्न अवैघ रुपमा लुकाइ छिपाइ हिडेको अवस्थामा एक भारतीयलाई पक्राउ hatkadi-1गरेको छ । प्राप्त समाचारमा सशस्त्र प्रहरी कार्यालयलका सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेललाइ उदृत गर्दै उनकै नेतृत्वमा खटिएको टोलीले रामग्राम नगरपालिका परासीबाट महेशपुरतर्फ जाँदै गरेको लु१९प १५७१ नंको मोटरसाइकलमा सवार भारतीय नागरिक र गुड्डु गुप्तालाई पक्राउ गरेको उल्लेख गरिएको छ ।
प्रहरीले गए राति गरेको चेकजाँचको क्रममा १२ देशको अवैध मुद्रा भेटिएकाले उनलाई पक्राउ गरिएको समाचारमा जनाउँदै प्रक्राउ परेका गुप्तासंग भारु तीन लाख ६ हजार अमेरिकी डलर,साउदी रियल दुई हजार ४८५, हङकङ डलर ६००, दुई हजार ३८६, कतारी रियल ६७१, र ओमानी रियल ३१७ र कुवेती दिराम ६०० बरामद गरिएको उल्लेख गरिएको छ ।