मङ्लबार, बैशाख ४, २०८१

अविलम्ब महाभूकम्प प्रभावितको समस्या समाधान गर्न आयोगद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौ कात्तिक १८, राष्ट्रिय मानव अधिकार आयोगले भूकम्पबाट प्रभावितको आवास स्वास्थ्य शिक्षा र जीवनयापनसम्बन्धी अधिकार अझै पनि NHRC_Press_पुनःस्थापित हुन नसकेको भन्दै सरकारर्को ध्यानाकर्षण गराएको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकारले भूकम्प प्रभावित भनी घोषणा गरेका जिल्लामा निरन्तर अनुगमनका क्रममा जाडो मौसम, इन्धन अभाव, दैनिक उपभोग्य सामग्रीको अभावले गर्दा भूकम्पबाट प्रभावितको अवस्था अझ दयनीय बन्दै गएकाले मानवीय समस्याको तत्काल समाधान गर्न सरकारलाई अनुरोध गरेको छ ।

आयोग, नेपाल पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसन र गैरसरकारी संस्थाको सहकार्यमा गरिएको अनुगमनका क्रममा प्राप्त जानकारीअनुसार पीडितलाई तत्काल प्राप्त हुने भनिएको रु १५ हजारसमेत अहिलेसम्म नपाएको गुनासो आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । चिसो मौसौमको सुवातसँगै भएको हिमपात र दैनिक उपभोग्य सामग्रीको अभावमा खुला आकाशमुनि रहेका भूकम्पपीडितको अवस्था झनै दयनीय बन्दै गएको भन्दै तत्काल पुनःनिर्माणसम्बन्धी विधयेकलाई अविलम्ब अन्तिम रुप दिई प्राधिकरण गठन गर्न आयोगले सरकारलाई अनुरोध गरेको छ ।  बालबालिका, महिला ज्येष्ठ नागरिक र अपाङ्गता रहेका व्यक्तिलाई जाडोबाट बचाउन तत्काल राहत सामग्रीको आवश्यकता रहेकाले सरकार र नेपालस्थित राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई सहयोगका लागि आयोगले अनुरोध गरेको छ ।