मङ्लबार, असार २१, २०७९

सरकारी ढुकुटीबाट आर्थिक सहायता लिनेमा पहुँचवाला नै बढी

pen-copy-gift-150x1502-भीष्मराज ओझा
काठमाडौ मार्ग १२

दोस्रो संविधानसभाको निर्वाचनदेखि हालसम्म सरकारले विभिन्न व्यक्ति र संस्थालाई आर्थिक सहायताका नाममा रु दुई अर्ब ८४ करोड ७० लाख ७३ हजार भन्दा बढी रकम वितरण गरेको छ । सरकारी ढुकुटीबाट वितरण गरिएको सो रकममध्ये केही निर्देशिका तथा कार्यविधि बिना नै वितरण गरेको देखिएको र केही रकम मन्त्रिपरिषद्ले असिमित रूपमा वितरण गरेको भन्दै व्यवस्थापिका–संसद्को अर्थ समितिले छानबिन गर्ने भएको छ । सरकारले वितरण गरेको आर्थिक सहायता सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रेमकुमार राईले विगतदेखि नै सरकारले यसरी नै विपन्न वर्ग र राष्ट्रिय जीवनमा योगदान पु-याएका व्यक्तिलाई औषधि उपचार तथा आर्थिक सहयोग वितरण गर्दै आएको जानकारी दिनुभयो । विभिन्न मन्त्रालयबाटसमेत विभिन्न शीर्षकमा आर्थिक सहायताका लागि सिफारिस आउने गरेको छ ।

केही पहुँचवाला र सम्पन्न व्यक्तिले तथा कतिपय एउटै व्यक्तिले पटक/पटक आर्थिक सहायता लिने गरेको बताउँदै सचिव राईले भन्नुभयो, “काठमाडौँमा घर भएका र  करौडौंकोको सम्पत्ति भएकाले समेत आर्थिक सहायता लिन्छन्, केही सङ्घ संस्थाले वार्षिकोत्सव तथा महोत्सव गर्नसमेत आर्थिक सहायता लिने गरेका छन् ।” यसमा भएका विकृति सच्याई राष्ट्रिय ढुकुटीमाथिको खेलवाड र लुटपाट बन्द गर्नुपर्ने उहाँको धारणा थियो । corruptionसरकारले आर्थिक वर्ष २०७२/०७३ का लागि आर्थिक सहायता शीर्षकमा रु २० करोड छुट्याएको छ । आर्थिक वर्षको पाँच महिनाभित्र रु १९ करोड वितरण गरिसकेको अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले बताउनुभयो । “विपन्न वर्गलाई औषधोपचार सहयोगका लागि छुट्याइएको रकम पार्टीका नेता र नामै नसुनेका व्यक्तिले राष्ट्रिय जीवनमा योगदान पु¥याएको भन्दै लिने गरेका छन्”, उहाँले भन्नुभयो ।  आर्थिक सहायतामा मन्त्रिपरिषद्ले निर्णय गरेपछि मन्त्रालयले केही नभनी रकम निकासा दिनुपर्ने बाध्यता रहेको उहाँको धारणा थियो । आर्थिक सहायताका आउने सिफारिसमध्ये केही व्यक्तिले पेश गर्ने कागजात अनियमित देखिने गरेको छ । सरकारले यसरी मनलाग्दो रूपमा आर्थिक सहायता वितरण गरेको गुनासो आएपछि अर्थ समितिले गत असोज २४ गते तत्काललाई कुनै पनि आर्थिक सहायता वितरण नगर्न र गरिएका निर्णयको हकमा पनि रकम निकासा नगर्न निर्देशन दिएको थियो । समितिको निर्देशनपछि निर्णय भइसकेको यस आर्थिक वर्षको रु ६ करोड भन्दा बढी रकम अर्थ मन्त्रालयले निकासा रोक्का गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठका अनुसार मन्त्रालयले कडा रोग लागेका व्यक्तिको उपचारका लागि गत आवमा रु ७७ करोड भन्दा बढी रकम सो सम्बन्धी निर्देशिकाअनुसार वितरण गरेको थियो । मुलुकमा नसर्ने रोगीको सङ्ख्या बढ्दै गएकाले यस आवमा यो रकम अझ बढ्न सक्ने उहाँको अनुमान छ । यस बाहेक सरकारी ढुकुटीबाट राष्ट्रिय जीवनमा ख्याति प्राप्त व्यक्तिका नाममा खुलेका र सामुदायिक अस्पतालले समेत करोडौँ आर्थिक सहयोग लिने गरेका छन् । त्यस्ता अस्पताललाई गतवर्ष रु ४०/५० करोड आर्थिक सहयोग वितरण गरिएको सचिव श्रेष्ठले बताउनुभयो । समितिको आजकोे बैठकले हाललाई द्वन्द्वपीडित तथा विपन्न वर्गलाई अत्यावश्यक उपचारका लागि निर्णय भइसकेको रकम बिल र भर्पाइअनुसार मात्र वितरण गर्न दिने निर्णय गरेको सभापति प्रकाश ज्वालाले बताउनुभयो । सभापति ज्वालाले आगामी दिनमा कार्यविधि बिना सरकारी रकम वितरण गर्न नहुने भन्दै वास्तविक व्यक्तिले सहज रूपमा आर्थिक सहयोग पाउने गरी निर्देशिका संशोधन गर्न सरकारलाई निर्देशन दिनुभयो । उहाँले सहायता वितरणमा देखिएका गुनासाको बारेमा उपसमिति बनाइ त्यसबारेमा छानबिन गरिने बताउनुभयो ।

बैठकमा सांसद गौरा प्रसाईंले मन्त्रिपरिषद्ले मनपरी रूपमा आर्थिक सहायता वितरण गर्न नहुने बताउनुभयो । सांसद केशव वडालले भने राष्ट्रिय जीवनमा योगदान पु¥याएका विशिष्ट व्यक्तिको जीवन रक्षाका लागि सरकारले उपचार खर्च दिन पाउनुपर्ने बताउनुभयो । सांसदहरूले सरकारले विपन्न वर्गलाई भनेर दिने गरेको आर्थिक सहायता विपन्नका लागि नभई सम्पन्न र पहुँचवालाका लागि मात्र भएको भनी आक्रोश पोखेका थिए । इहिराल्डपोष्टबाट

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031