मङ्लबार, असार २१, २०७९

भारतीय नाकावन्दीको पछिल्लो संस्करण र नेपाली जनजीवन

basanta-बसन्त शर्मा
देशमा घटीरहेका राजनीतिक घट्नाक्रमले हाम्रो सामान्य जनजीवन नराम्रैसँग प्रभावित भएको कुरा अब कुनै नौलो विषय रहेन तर के राज्य यसको कुनै निदानको उपाय खोज्दै छ कि छैन भन्ने मूल कुरा हो । नेपाल देखिने गरी कहिल्यै कसैको अधिनमा त रहेन तर यहाँको सार्वभौमिकतामा सधैं अर्कैको निर्णायक भूमिका रहेको विषय पनि अब कुनै छिपाइ रहनु पर्ने कुरा भएन । केवल नेपाली स्वतन्त्र छौं भन्ने आत्मरती छ हामीलाई । यति मात्रै भन्न सक्छु यो भारतीय नाकावन्दीको सेरोफेरोमा अरु देशकाृ झण्डा यहाँ कहिल्यै फहरिएन र फहरिन पनि दिने छैनौं । तर यति भन्दै रहँदा अस्पतालका बेडमा औषधि नपाएर मान्छे मर्दैछन्,एम्बुलेन्स बन्द छन,तराई वा मधेशमा आम नागरिक गोलि खाएर मर्दैछन् । कहिले सम्म यो जनताको रगतमा रा..नीति गर्छौ ए नेता भनौदाहरु हो ? किन बुझदैनौ ? अधिकारको लडाँइ त लडौंला तर देशै नरहे के पाउला ? पाउने दावा गरेकाहरुले अनि के देउला ? दिने भनौदाहरुले ?  देशमा भएका पटक पटकका शासन प्रणालिको परिवर्तनबाट पनि देश सञ्चालनको बलियो आधार तय गर्न नसक्दा नेपाली नागरिकले समस्या झेल्नु परिरहेको हुन्छ । तत्कालिन अवस्थामा नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँदे सम्झौता भए यताको राजनीतिक घट्नाक्रम राजतन्त्रको समाप्ति अनि संविधानसभाको निर्वाचन पछिल्लो राजनीतिक यात्राको नयाँ कोर्स शुरुवातका रुपमा लिइदै आइएको भएपनि अहिले देशमा विभिन्न वाह्य शक्तिको प्रभावले अवस्था गम्भिर हुँदै गइरहेको छ । अनि हिन्दु राज्यको पूर्नस्थापना पनि एउटा आवरणका रुपमा रहेको छ । भारतले गरको नाकावन्दी पहिलो पटक होइन् ।   देशमा नयाँ संविधान जारी भईसक्दा पनि यहाँ नागरिकले सास्ति झेलिरहनु परेको छ । यहाँको प्राकृतिक श्रोतमा भारतले गर्ने हस्तक्षेप राजनीतिको आवरणमा हुने गरेको नजिरलाई सुक्ष्म रुपले केलाउन आवश्यक छ । पछिल्लो समय भारतको नाकावन्दी एउटा अर्को बारगेनिगंको विषय नै हो । तर हाम्रो आफ्नै देशका केही दलहरुलाई भारतले आफ्नो हितमाप्रयोग गर्ने पुरानो परम्परालाई फेरी मधेसको नाममा प्रयोन गरेको नबुझ्ने वा बुझेर बुझ पचाउनेहरुले कुनै बेला आफ्नो औचित्य समाप्त भएपछिआफ्नो पनि त्यही हभिगत हुन्छ वा होला भन्ने हेक्का राख्नै पर्ला की ?

पश्चिमाको क्रिष्टियानिटिको पाटो र भारतको नेपालका प्राकृतिक श्रोतमाथिको गिद्दे दृष्टि नै हाम्रालागि मूख्य चुनौतिका रुपमा अघि देखा परेकाछन् । वहानामा अरु केही रहे पनि देखाएपनि । त्यसलाई यहाँको गरिवी र अशिक्षाले मलजल गरेको छ । जवसम्म हामी आत्मनिर्भरताका सबै उपाय अवलम्बन गर्न सक्दैनौ तब सम्म कुनै न कुनै वहानामा उदयपुरको १ महिना २४ दिनको शिशु लालबहादुरको आइतबार एम्बुलेन्समा नै मृत्यु भएको घट्ना दोहोरिइने नै छ । प्रधानमन्त्रीले देशलाई रुवाण्डा बनाउने प्रयास भईरहेको अभिव्यक्ति दिएर उम्किन पाउँदैनन् । उनले बोल्ने भन्दा काममा ध्यान दिउन । प्रधानमन्त्रीको पद खाली भाषन गर्न र दिप बालेर कार्यक्रमको उदघाट्न गर्नलाई मात्रै होइन । प्रधानमन्त्रीले देशको मूल समस्यालाई निकास दिनसक्नु पर्छ । नागरिकका साना भन्दा साना समस्यालाई सरकारले सम्बोधन गर्न सक्नुपर्छ । वर्षौं देखिको विभेदको राजनीतिका विरुद्ध त सबै एक जुट हुनै पर्ने बेला देशलाई नै भागवण्डा गराउन खोज्ने ताकत कदापी देशको हितमा हुनै सक्दैन । के मधेशमा बस्नेहरु नेपाली होइनन ? वा मधेशमा बस्नेहरुलाई नेपाली रहनु नै छैन र ? त्यस्तो कदापी होइन तर यहाँ विभेद र .चोमिचोलाई वहाना बनाएर भारत र अन्य शक्तिहरुले आफ्नो हैकमवाद लाद्न खोजिरहेको विषय आम नेपालीले बुझ्नु पर्दछ । चाहे मधेस भनौं चाहे हिमाल वा पहाड नै किन नहोस देश त नेपाल नै हो । आखिर किन यसरी मधेसको नाममा नेपाल मै नेपाली नेपाली लडाउँदै छ भारत वा किन आफ्नो निरन्तर हस्तक्षेप चाहन्छ भारत ? यी यस्ता अनुत्तरित सवालहरु छन भारतका सामु हाम्रा । भारत कहिल्यै उदार हुन सक्दैन । भारतको विदेश नीति र व्यवहार सधैं दोहोरो नीतिबाट चल्ने गरेको इतिहांस छ । त्यसलाई तत्कालिन परिवेशमा वी.पी.कोइराला र तत्कालिन राजा महेन्द्रले राम्रैसँग बुझेका थिए । त्यसयता नेपालका कुनै पनि सरकार वा दलका प्रमुख नेताहरुले विश्लेषण गर्न सकेनन् । केवल आफ्नो सत्ता टिकाउने कडीका रुपमा कतै आँफै प्रयोग भए भने कतै भारतको प्रयोगी बने     । भारतको विदेश नीतिका बारे्मा दक्षिण एशियाली सहयोग संगठन सार्कमा छलफलका रुपमा विषय उठाउनु पर्ने बेला आएको छ । भारतको सबन्ध बगंलादेश,श्रीलंका,पाकिस्तान,अफगानिस्तान र नेपाल कसैसँग पनि सौहाद्रपूर्ण रहन सकेको छैन् । कुनै परिस्थिमा कुनै विषेश काल खण्मा कुनै देशको सरकारसँग मात्रै भारतको सम्बन्ध राम्रो भएको देखिन्छ । भारतको विदेशनीति असफल भई सकेको प्रमाणका रुपमा श्रीलंकाको तमिल विद्रोहलाई लिन सकिन्छ । त्यस्तै  पाकिस्तान र बगंलादेशको विखण्डन,सिक्किमलाई भारतमा विलय लगाएत पाकिस्तानसँगको सम्बन्ध भारतको असली चरित्रका रुपमा विष्लेशन गर्न सकिने आधारहरु हुन् । केवल भुटानसँग भारतको सम्बन्ध सामान्य छ । तर त्यहाँका क्रान्तिकारी उनिहरुले आफ्नो स्वतन्त्रताका लागि लडेकालाई भारतले रणनीति अनुरुप नै शरणार्थिका रुमा नेपाल हुदै विदेश लखेटेको घट्ना हाम्रा लागि पठनीय छ । भारत एशियाको मात्रै नभएर विश्वकै एउटा ठूलो मार्केटका रुपमा रहेकाले तेश्रो विश्व वा चीन या यूरोप यहाँ आफ्नो प्रभाव गुमाउन चाँहदैनन् । भूपरिवेष्टित देश नेपालमा भारतले गरेको नाकावन्दीका विषयमा खुलेर बोल्न सक्दैनन् । संयुक्त राष्ट संघको सुरक्षा परिषदमा स्थायी राष्ट्रको ठाँउमा पुग्ने प्रयासमा रहेको भारतकालागि आफ्ना छिमेकीसँगको सम्बन्धलाई स्पष्ट पार्ने ठूलो चुनौती छ । नाकावन्दीले गर्दा  जेनेभा सन्धिको पक्ष राष्टका रुपमा रहेको भारतले निकै तल्लो स्तरको व्यवहार गरिरहेको विषयमा नेपालमा कार्यालय खोलेर वसेका अन्य देशका कुटनीतिक नियोगहरुको मौनता हाम्रालागि प्रत्यूदपादक भएकाछन् । उनिहरुले नाकावन्दीका विषयमा आफ्नो स्पष्ट धारणा नराखे पनि ग्यास र पेटोलियम पदार्थ अभाव भएकाले उपलब्ध गराउन परराष्ट मन्त्रालयमा निवेदन दिंदै ति वस्तुको माग गरिरहेको विषय हास्यासपद देखिन्छ । उता मधेशमा १ सय दिन सम्मको लगातारको आन्दोलनले स्वयं त्यो क्षेत्रका नागरिक समेत अप्ठेरोमा परिरहेकाछन् । वालवालिका विद्यालय गएका छैनन् । औषधोपचारमा समस्या आएको छ । धेरै सामान्य नागरिक आन्दोलका दौरान मर्नु परेको कहालि लाग्दो यो परिवेश हामी नेपालीकालागि निकै कष्टकर हुँदै गएको छ ।  हाम्रो देश भित्रको अधिकारको लडाँइमा सहयोग,भूमिका वा हस्तक्षेप सबै खाले रुपमा भारतको उपस्थिति रहने गर्दछ । यहाँको आन्तरिक मामिलालाई वहाना वनाएर राजनीतिक दवाव सिर्जना गराई विभिन्न असमान सन्धि र सम्झौता गराउने भारतीय प्रवृत्तिका विरुद्ध नागरिक आन्दोलन आवश्यक परेपनि अहिलेको विषम परिवेशमा सरकारको तहबाट समस्याको निकासकालागि कुटनीतिक प्रयास र राजनीतिक संवाद निरन्तर आवश्यक विषय हुन् । यसरी विवसता र अभावले नेपालीको चुलो नवलिरहँदा,इन्धनको अभावमा यातायात सहज नहुँदा अनि अस्पतालमा अक्सिजन र औषधि नपाउने अवस्था एम्बुलेन्स चलाउन समेत नसक्ने अवस्था पनि बरु सडकमै सामूहिक भोजन गरिरहेका स्वाभिमानी नेपाली आफ्नो सरकारको विरोधमा नभएर समर्थनमा भारतसँग निर्भिक भएर कुरा गर्न आग्रह गरिरहेकाछन् । अनि भन्छौं कुनै पनि असमान सन्धि अनि राष्टघात हुने सम्झौता नगरोस सरकारले । नाकावन्दको आधारबाट अधिकार प्रत्याभुति दिलाउँछु भन्नु पनि हिंसाका रुपमा लिइन्छ । देशमा मानवीय संकट समेत उत्पन्न हुँदै जाँदा यो विषयलाई सबै तहबाट समाधानको पाटोमा लैजान नित्तान्त आवश्यक छ । अन्तमा, विटमार्नु अघि अन्तर्राष्टिय समूदायले पनि नेपालको वस्तुगत अवस्थाका बारेमा बोल्नु पर्ने बेला उनिहरुको मौनताको पक्तिंकार आलोचना गर्दछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031