आइतवार, असार १९, २०७९

परिवर्तनका नाममा अनेकन चलखेल आखिर कहिलेसम्म ?

-गोबिन्द पोख्रेल
आजसम्म नेपालमा नेपालको इतिहास हेर्ने र थर्काउने मात्र गरेर राज्य संचालनमा लागेका हिमायतीहरुले काम गरीरहे । चाहे ती राजा एवम् राणा सरकार टिकाउनका लागी बनाईएका मन्त्री होउन वा प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक सरकारका हिमायती होउन । त्यहि थर्काउने राजकाजमा लागी रहे । शान्तिप्रिय नेपाली जनताहरु यस्ता थर्काउने प्रवृतिको थर्काइ सहीरहे । यस्तो अनावश्यक थर्काई, अब कति सहने भन्ने पनी हो । नेपालमा बेला बखत राजनैतिक दर्शनको रुपमा समाजवाद र जनवादको राग अलाप्नेहरुको ताँती लागीरह्यो । यसरी राग अलाप्नेहरुले केवल आफ्नो पार्टीगत स्वार्थमा मात्र लागेर राज्य सञ्चालनमा त्यही रुप उजागर गरे । जुन सदियौ देखि चलि आएको थियो । सामन्तीहरु अर्ध सामन्तीहरुको परिवेशमा ढलेपनी शोषणमा कमी आएकोछैन । बरु बृद्धि हुदै गएको पाईन्छ । पुँजिवादी एवम् अर्ध सामन्तीराजबाट आज पनी नेपाल ग्रसित छ । बोल्नेको पिठो पनी बिक्ने नबोल्नेको चामल पनी नबिक्ने भने झै चलीरहेको राजनैतिक खेतीपातीको अन्त्य गर्न जरुरी छ ।

असंख्य युवा जन शक्ति आज राजनैतिक चलखेलबाट वाक्क भएको स्थिती छ । उता ६२/६३ ले २४० बर्षको राजतन्त्र हुँईक्याएको भनेर नेपाली जनताको क्षणिक हाँसो आज अट्टहाँसमा बदलीएको छ । शाहलाई हटाएर यादबमा पुर्याएको कुराको चरितार्थ भएको देखेका छन, नेपाली जनताले । अब यादव बाँचुन्जेल नेपाल राष्ट्रको धनदौलतबाट पालिने छन । उता विश्वमै पहिलो महिला राष्ट्रपतिको रुपमा आएकी भण्डारीलाई पनी कुन स्तरको राष्ट्रिय दौलतको भागीदार बनाउने हुन, यी अर्ध सामन्तवादी शासकले त्यो पनी नेपाली जनताले बेहोर्नेछन, निकट भविष्यमा । भखैरै नेपालको इतिहासमा जम्बो मन्त्री मण्डल र ६/६ जना उपप्रधानमन्त्रीको ताँति पनी इतिहासको पानामा स्वर्ण बनेर चम्किने होला । यीनले पाउने सुख सुविधा पनी नेपाली जनताको रगत पसिनाको कमाईमा रजाई गर्नेदेखी नयाँ पक्कै पनी केही हुनेछैन । नेपालको राजनितिमा लामो समय सम्म हिमायती बनेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिखेर नयाँ शक्तिको राग अलाप्दै बाहिरिएका छन । यीनी कत्तिको नेपाली जनताको विश्वास पात्र बन्न सक्लान ? त्यो भने हेर्न बाँकि नै छ । नेपालको अहिलेको राजनैतिक सन्दर्भको कुरा गर्दा ठुलो जमातमा रहेको युवा जनशक्ति मौन जस्तै देखिन्छ । युवाहरु राजनैतिक गफ मन पराउन छाडिसकेका छन । केही कुरा गर्ने बोलक्कड अरुको सुन्दैनन् । एकोहोरो रटान लगाए जस्तै गरी हुदा न खाँदाको राजनैतिक वकालत गरीरहन्छन । उनीहरु केवल मैले जे भने सहि भने मात्र बुझ्छन । तर सामुन्ने वालाले कति बुझ्यो । त्यो सरोकार राख्दै राख्दैनन् । आफ्नो पार्टी भन्दा अरु पार्टी कामै नलाग्ने भएको उनको कथन हुन्छ । सबै पार्टी नालायक छन भन्ने कुरा दर्शाएर समग्रमा कसैले कुरा गर्दैनन् । यसरी रडाको मच्चाउन सजिलो छ । तर सजिलो बाटो अपनाईरहदा हामी कति अप्ठ्यारोमा छौ, भन्ने भुसुक्कै विर्सिदिनाले पनी नेपाल, नेपाली जनता अप्ठयारोको भँडखालोबाट उम्कन सकेका छैनन । अब सोच्न जरुरी छ, यो भँडखालोलाई कसरी पुर्ने भन्ने बारे ।

डा.साहबले पनी आफ्नो रडाको ल्याएर एक्कासी अदम्य साहस देखाउन खोजेपनी उनले आफुसँग भएका दाहिने र देबे्र हात खुट्टा मानिनेलाई समेत छोडेर आएका छन । यीनको के भर गर्नु, भोली खरानी घसेको जोगी झै गरी हरिद्वारतिर गएर सेलाउने पो हुन की । बडो सन्कि पाराका डाक्टरको के भर भन्ने पनी धेरैको टिका टिप्पणी रही आएकोछ । तर प्रश्न युवाहरुलाई टिका टिप्पणी गर्नु स्वाभाविक हो । लोकतन्त्रमा टिका टिप्पणी गर्नु उचित हो ।आफै अग्रसर भएर अरु किन अगाडि आउन नसकेको रु असंख्य नेपाली युवाहरु नयाँ क्रान्ति र बृहद परिवर्तनका लागी एकजुट हुन पनी आतुर छन । तर हिजोका राजनैतिक नेताहरु भन्दा नयाँ बुद्धिजिवी वर्ग एक पटक नयाँ क्रान्ति र बृहद परिवर्तनकारी आन्दोलनका लागी अगाडी आओस भनेर बाटो हेरिरहेको कुरा बुझेर जुझारु एवम् क्रान्किारी युवाहरु अगाडी आउन जरुरीछ । कतिपयले यो कुरा बुझेर पनी बुझ पचाएकाछन । किनकी तिनीहरु कुनै एउटा दलको केन्द्रिय तहमा पुग्नै लागी सकेको अवस्था होला । वैदेशीक रोजगारीले तानेर बाहिर गएका अझै कमाउने लोभमा उतै फसिरहेका होलान । कतिपय गैर आवासीय नेपालीको दर्जा पाएर राजनैतिक नेतासँग पैठेजोरी खेलिरहन रुचाएका छन । मुलुकमा मास्टरी गर्ने युवाहरुको पनी त्यस्तै अवस्थाको विमारी छ । कतिपय क्याम्पसका प्रोफेसर यो मार्गमा युवाहरुलाई जगाउन अवकाश पछी आउने सोचमा होलान । आखिर यो समयको माग सँग सँगै कतै डाक्टरले बाजी पो मार्ने हुन की भन्ने कुरा सोचेपनी अझै समय बाँकी छ है, युवा जनशक्ति परिचालन गर्न । तर डाक्टरको झापट  लागी हाल्ला भन्ने डरले कतिपय शिक्षित बुद्धिजिवी वर्ग अत्तालिएको होला । कतिपय चै हैन डाक्टरले माओवादी पार्टीको नेतृत्व गरेर केही गर्न सकेनन् । नेता हामीलाई बनाउन उनले पहल गर्नु पर्ने भनेर विस्तारामा सिरक भित्र राग अलाप्दै होलान । यस्तो विषम राजनैतिक परिवेशमा जो पहिला आउला हामी पनी उसैको बाटोमा जाउला भनी बस्नेहरु थुप्रै होलान । देशलाई आत्मनिर्भर बनाउन, देशको समग्र विकासमा अग्रसर हुन, मुलुकमा विद्यमान आर्थिक भडखाँलो (वर्गीय विभेद) लाई साम्य गर्न, सामाजिक परिवर्तनमा जोड दिन र लोकतान्त्रिक गणतन्त्र सँस्थागत गर्न नयाँ पार्टि भन्ने वित्तिकै नेपाली युवाहरुको ओईरो लाग्ने सम्भावना कसैले पनी आँकेन ।

अहिले सम्म परिवर्तनका नाममा राम्रो नेता पाउन नसक्दा पनी विदेशी ताकतहरुले हाम्रो मुलुकलाई नचाईरहे । हाम्रा नेताहरु उनीहरुकै डम्फुको तालमा नाचीरहे । क्षणिक परिवर्तन भयो तर संबिधान जन चाहना अनुरुपको हुन सकेन । परिवर्तनका नाममा धेरै चलखेल मात्र हुदा पनी नेपालमा संबिधानले जन संबिधानको रुप लिन सकेन । संबिधान सभाबाट संबिधान आएपनी जनमत संग्रह गराउन नेपाली नेताहरु चुके । जब सम्म संबिधान जनमत संग्रहबाट अनुमोदन गराईदैन । तब सम्म नेपालको राज्य ब्यवस्था दिर्घकालिन रुपमा सु–ब्यवस्थित हुन सक्दैन । शान्ति अमन चयन कायम गर्न र देशलाई आत्म निर्भर बनाउन नयाँ शक्तिको खाँचो त छ, तर तपाई हामी जस्ता सम्पूर्ण नेपाली युवा जन–शक्तिले भने अनुरुपको हुन सके मात्र त्यो सम्भवछ । जाग युवा जाग अब त जाग नेपाललाई सबल बनाउन जाग । – जय जन्मभुमि–जय मातृभुमि नेपाल !

लेखक :नेपाल पत्रकार महासंघ भारतका प्रवक्ता हुन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031