काठमाडौं मार्ग १, कृतिमानी बिश्व पर्वतारोही एबम लामो दुरीका धाबक संजय पण्डितले अफ्रिकाकै छानो भनेर चिनिने माउन्ट किलिमन्जारो उल्टो हिडेर आरोहण गर्ने भएका छन् । अस्ट्रेलियाको सर्बोच्च शिखर कोजीयसको आज भन्दा ठिक एक वर्ष अगाडी २०१४ को नोभेम्बरमा उल्टो हिडेर आरोहण गरेको सफल वर्षगाठको अवसरमा उनले आज काठमाडौँमा यस्तो घोषणा गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
एशिया ,अफ्रीका,अस्ट्रेलिया ,युरोप ,अमेरिका,जापान लगाएत अन्य महादेशका सर्वोच्च हिम श्रीखंलाको सफल आरोहण एबम अनुभब लिएका पण्डितको अबको अन्तिम यात्रा अन्ट्राटिकाको विन्सोंन मशिफ रहेको नोभेम्बर २८ मा त्यस तर्फप्रस्थान गर्न लागेको बताईएके छ । प्राप्त समाचारमा उल्लेख गरिए अनुसार पण्डितले गएको वर्ष ६ घण्टा १३ मि मा साउथ एशियाकै तीब्र गतिका आरोहीका रुपमा कृतिमान गरिसकेका छन् ।