पूर्व प्रधानमन्त्री डा भट्टराई भने- अब मलाई कुनै पदको लोभ र मोह छैन
काठमाडौ मार्ग ६, बहुचर्चित नयाँ शक्ति निर्माण अभियानको सवालमा आज आयोजित छलफल सहितको कार्यक्रमलाइ आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कुनै पदको मोह भएका कारण आफुले नयाँ शक्तिको वकालत नगरेको बताउँनु भएको छ । सम्बोधनको क्रममा पूर्व प्रम डा भट्टराईले केवल मुलुकको समृद्धि र विकासका लागि नयाँ शक्तिको वकालत गर्दा अन्धो राष्ट्रबादले भरिएका केहि व्यक्ति तिल्मिलाएको जनाउ दिदै उहाँले मुलुकको आवश्यकता अनुरुप विगतका दिनमा काँग्रेस एमाले र एमाओवादी लगायतका दलहरुले राम्रो काम गरे पनि अवको आश्यकता भनेको समय सापेक्ष नयाँ शक्ति निर्माणको भएको बताउँनु भएको छ ।
त्यस्तै कार्यक्रमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले वैधानिकरुपमा अधिकार माग्दा नदिएकै कारण आफुहरु बाध्य भएर सडकमा उत्रनु परेको भन्दै आफुहरुको आन्दोलन रहर नभइ बाध्यता भएको बताउँु भएको सोही कार्यक्रममा सङ्घीय समाजवादी मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एउटा भाषा एउटै भेषबाट मुक्त नभएसम्म लोकतन्त्र समावेशी हुन नसक्ने जिकिर गर्दै अव निर्माण हुँने नयाँ शक्तिले एउटै भाषा र भेषलाई क्रमभङ्गता गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
त्यस्तै गरि नेपाली काँग्रेसका नेता प्रदीप गिरीले लोकहितको सङ्कल्प लिएर अघि बढ्नुपर्ने पूरातन शोचले काम नगर्ने अभिव्यक्ति दिनु भएको उक्त कार्यक्रममा देवेन्द्र पौडेल पूर्वमन्त्री रामचन्द्र झा, नेता पद्मरत्न तुलाधर, थरुहट तराई पार्टीका गोपाल दहित, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, कलाकार अशोक शर्मा, डा चैतन्य सुब्बा, डा प्रवीण मिश्र, डा केशवमान शाक्य, खगेन्द्र सङ्ग्रौला, राजु नेपाली, केशव दाहाल, लगायतका वक्ताले नयाँ शक्ति पारदर्शी र सदाचारपूर्ण भावनाले अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।