शुक्रबार, असार १७, २०७९

कालोबजारी गर्नेलाई कडा कारबाही गरिने, कालाबजारीको सूचना भए तत्काल खवर गर्न मन्त्रालयको आग्रह

काठमाडौं मार्ग २ ,सिमानाकामा भारतीय सरकारको तर्फबाट जारी अघोषित नाकाबन्दीका कारण नेपाली बजारमा इन्धन लगायतका अत्यावश्यक वस्तुको चरम download (12)अभाव कायम भएको मौका छोप्दै कालोबजारी गर्नेलाई सरकारले अनुगमन गरी कडा कारबाही गर्ने भएको छ । नेपाल सरकारका मुख्यसचिव डा .सोमलाल सुवेदीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका प्रतिनिधि नाकाबन्दीका कारण एकातर्फ आपूर्तिमा देखिएको असहजता र अर्कोतर्फ अत्यधिक मूल्य सहित कालाबजारीको मारमा परेका जनताका गुनासालाई सम्बोधन गर्दै सरकारले आज सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले अनुगमनको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुगमन टोली बनाई सघन रुपमा अनुगमन गर्ने र अनियमित भएको पाइएमा संलग्न जो कोहीलाई कडा कारबाही गर्ने व्यवस्था मिलाइएको जनाउँदै अत्यधिक मूल्य सहित कालाबजारी गरेको पाईएमा उपत्यकाको हकमा फोन नम्बर १६६००१६०६०६ (काठमाडौँ), ५५२३०५१/५५२१२०७ (ललितपुर), ६६१४७०८ (भक्तपुर) र अन्य जिल्लाको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको फोन नम्बरमा सम्पर्क गर्न तथा सूचना दिन सकिने व्यवस्था मिलाईएको गृह मन्त्रालयले  जनाएको छ   ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031