शुक्रबार, बैशाख १४, २०८१

कोरियामा सबिता सम्मानित,अक्षयकोषलाई २३ लाख रुपैया सहयोग

सउल –  विगत पाँच वर्ष देखी विशेष स्कुल तथा पुनःस्थापना केन्द्र मार्फत राजधानीको पुरानो सिनामंगल (पेप्सिकोला)स्थित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र(SSDRC)को स्थापना गरी तीनदर्जन भन्दा बढि अटिजम भएका बालबालिकाको सेवामा काम गर्दै आइरहेको संस्थाका प्रबन्ध निर्देशक सविता उप्रेतीलाइ   अटिजम बालबालिका सहयोग अभियान ( दक्षिण कोरियाले)  अटिजम बालबालिको   समुन्त  भविष्य र पुर्नस्थापनाको लागि काम गरेको भन्दै 12कोरियामा आमन्त्रण गर्दै  एक कार्यक्रमका वीच सम्मानित गरेको छ ।

नेपाली समाजको प्रतिकुल अवस्थालाई चिर्दै अटिजम जस्तो बुझ्न र बुझाउन अत्यन्त जटिल र महत्व पूर्ण समस्या प्रति सबिताले विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र स्थापना गरी नेपाली समाजलाई पुर्याएको योगदानको उच्च मुल्यानकन गर्दै प्रस्तुत सम्मानबाट सम्मानित गरिएको अभियानका संयोजक विक्रम सिंह ठकुरिले बताए ।

 सबिताले सम्मान कार्यक्रममा बोल्दै कोरिया बासी नेपालीले गरेको सम्मान र सहयोगको बयान गर्न आफू  आफू सँग शब्दै नभएको बताउँदै   सबिताले सहयोग रकमलाई सही ठाउमा ईमान्दार पूर्वक स्रोत र साधनले भ्याएसम्म धेरै सङ्ख्यामा अटिजम भएका बालबालिकाहरुलार्ई सेवा प्रदान गर्ने  योजना रहेको   त्यस अवसरमा  जानकारी दिएका थिए  ।

  नेपाली बिद्याथी समाज दक्षिण कोरियाले पनि सम्मान गरेको उक्त कार्यक्रममा संस्थागत  अक्षयकोष प्रयोजनका लागि आर्थिक सहयोग गर्दै एनआरएन कोरियाका नवनिर्वाचित पदाधिकारिले समेत  सम्मान तथा सहयोग हस्तान्तरण गर्नुको अलावा एनआरएन कोरिया ,नेपाली सम्पर्क समिति , वुमन फर वोमन लगायत विभिन्न सङ्घ संस्था र सर्वसाधारण नेपालीहरूले सम्मान व्यक्त गरेका थिए ।  दुवै सम्मान कार्यक्रममा नेपाली राजदूतावासको श्रम सहचारी अनिल गुरुग, आइसिसी प्रतिनिधि के.पि. सिटौला र विनोद कुवर, एनआरएनए कोरिया अध्यक्ष राजु छेत्री, सोन्सिकको अध्यक्ष इन्दिरा तिवारी ,वुमन फर वुमन को अध्यक्ष मल्लिका थकाली ,एनसिसि कि अन्जु केसी ,मिडियाकर्मी लगायत विभिन्न सङ्घ संस्थाको प्रतिनिधिले सबिता उप्रेतीको सामाजिक जीवनको चर्चा गर्दै सबिता नेपालीकै सिर उठाउने नाम भएको बताएका थिए । कार्यक्रममा कोरियाबासि नेपालीहरुबाट संकलित  २३ लाख ६२ हजार नौ सय सैतिस रुपैयाँ विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रको अक्षयकोषका लागि उप्रेतीलाई उपलब्ध गराईएको थियो  ।