शुक्रबार, चैत्र १६, २०८०

संविधानले सबै नेपालीको हक अधिकारलाई सुनिश्चित गरेको छ  : मन्त्री आचार्य

१३औँ अधिवेशनबाट ६०/४० को भागबन्डालाई तोडेर अगाडि बढ्न आवश्यक : नेता केसी

 काठमाडौ आश्विन २३,  बडादसैं तथा शुभदीपावलीको शुभकामना आदानप्रदान गर्न भन्दै काठमाडौ काँग्रेसका सभापति भीमसेनदास प्रधानद्वारा आज आयोजित कार्यक्रलाइ सम्बोधन गर्दै कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले नेपालको नयाँ संविधानले सबै नेपालीको हक  अधिकारलाई सुनिश्चित गरेको बताउँनु भएको छ । त्यस्तै जारी संविधान संविधानसभाबाट दुइ तिहाइ बहुमतबाट पारित हुँनु भनेको आफैमा उपलब्धिपूर्ण भएको जनाउँ दिदै विश्वको कुनै पनि मुलुकमा संविधानसभाबाट संविधान जारी हुँदै गर्दा यस्तो अवस्था विरलै देखिने उहाँको जिकिर रहेको थियो ।

त्यसै गरि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नयाँ संविधान निर्माणसँगै ६५ वर्षपछि नेपाली जनताको चाहना पूरा भएको बताउँदै अब यसको संस्थागत विकास गर्नु जरुरी रहेको बताउँदै अवका दिनमा काँग्रेसको आगामी १३औँ अधिवेशनबाट ६०÷४० को भागबन्डालाई तोडेर अगाडि बढ्न आवश्यक रहेको बताउँनु भएको थियो भने काठमाडौँ काँग्रेसका का सभापति प्रधानले जारी नयाँ संविधानका बारेमा जनमानसमा रहेको भ्रम निवारण गर्दै यसको सफल कार्यान्वयनतर्फ मुखरित हुनुपर्नेमा जोड दिनु भएको थियो ।