शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिद्वारा आधादर्जन विधेयक प्रमाणीकरण

काठमाडौ आश्विन १४, राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका–संसद्बाट पारित आधादर्जन विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम ती विधेयकको प्रमाणीकरण गरिएको जनाएको president-of-nepal छ ।

आज प्रमाणीकरण भएका विधेयकमा क्रमस विनियोजन ऐन २०७२, आर्थिक ऐन २०७२, राष्ट्र ऋण उठाउने ऐन २०७२, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संसोधन गर्ने ऐन २०७२, केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने ऐन २०७२ र भूमिसम्बन्धी (छैटौँ संशोधन) ऐन २०७२ रहेका छन ।