बिहिबार, बैशाख १३, २०८१

७०औं महासभामा नेपालको सहभागिता अत्यन्त सफल भएको उपप्रम सिहको जिकिर

  काठमाडौ आश्विन १७ , राष्ट्रसङ्घको ७०औं महासभामा भाग लिएर आज स्वदेश फर्किनु भएका उपप्रधानमन्त्री प्रकाशमान सिहले त्रिभुवन अन्तर्राष्ट्रिय dpmविमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसङ्घको ७०आँै महासभामा नेपालको सहभागिता अत्यन्त सफल भएको बताउँदै महासभामार्फत विश्व समुदायमा सगौरवका साथ संविधानसभाबाट संविधान जारी गरेको सन्देश पु¥याउन सफल भएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले संविधान जारी भएपश्चात् नेपाल अब विकास र उन्नतिपथ मा लैजान अन्तर्राष्ट्रिय सहयोग र सद्भावका लागि समेत त्यस अवसरमा आह्वान गरिएको भन्दै नेपालका तर्फबाट महासभामा सम्बोधन गर्ने क्रममा उहाँले भूपरिवेष्टित मुलुकले पारवहन सुविधान निर्वाधरुपले पाउनुपर्ने तथा विश्व शान्ति स्थापनाका लागि गरेको योगदानअनुरुपको व्यवस्थापकीय जिम्मेवारी र भूमिका पाउनुपर्ने विषय जोडदार रुपमा उठाएको बताउनुभएको छ ।