बिहिबार, बैशाख १३, २०८१

हिन्दू राष्ट्र पुर्नस्थापनाको लागि युवाहरुको काँधका चुनौती सहितको जिम्मेवारी

   -गोबिन्द पोख्रेल
हिन्दू धर्म भनेको एउटा धर्म मात्र हो भन्नु भन्दा पनी जीवन यापनको एउटा पद्धति हो भनेर बुझ्न जरुरी छ । हिन्दूको वाहुल्य भएका ठाउमा अरु सम्प्रदायका मानिस सजिलै अटाएका हुन्छन । तर अरु सम्प्रदायको बिचमा रहने सिमित हिन्दुहरु अपहेलित भएको पाईन्छ, किन रु त्यसैले पनी हिन्दूत्व अर्थात हिन्दू धर्म भनेको जीवन यापनको विधिपूर्ण पद्धति हो, नकार्न मिल्दैन । अनि हिन्दू धर्मले मूख्य रुपमा पाँचवटा देवतालाई प्रमुख स्थान दिएको हामीले पाउछौ । भगवान सुर्य जो स्वास्थ्य, सफलता र प्रतिष्ठाको प्रतिक भनेर पुजिन्छन भने भगवान बिष्णुलाई शान्ति एवम वैभवको रुपमा त्यस्तै महादेवलाई ज्ञान र विधाका ज्ञाता मानेर पूजिने गरिन्छ । साथै भगवान श्री गणेशलाई बुद्धि र विवेकको रुपमा मानेर पहिलो पूजा गरिन्छ ।

मानवीय आचरण, सस्कार, पद्धति, विधि र चरित्र निर्माण गर्दै जीवन यापनको बाटो पहिल्याउन यीनै ४ वटा मूलभुत तथ्यलाइ अध्ययन गरे मात्र मानिस हरेक कोणबाट सफल हुने कुरालाई नकार्न मिल्दैन । र यसबाटपनि हामी सहजै हिन्दूत्व वास्तबमै एउटा जीवन यापनको पद्धति भएको यर्थातलातालाइ सहजै बोध गर्न सक्छौं । त्यसो त नेपाल धर्मनिरपेक्ष भइसक्दा पनि विश्व परिवेशमा हिन्दू अधिराज्यकै प्रारुपमा विश्व समुदायले स्वीकारेकै अवस्था छ । तर चरम राजनैतिक कहालिलाग्दो वातावरण नेपालमा हिन्दु धर्मप्रति दुष्प्रचारको मात्र भागिदार बनेन वल्कि युवाको मनोबलमा समेत गिराबट ल्याउदै मुलुकको पहिचानलाई नष्ट र ध्वस्त समेत पार्ने काम गर्यो । अब साच्चै हिन्दू राष्ट्र पुर्नस्थापनाको लागी परिवर्तनकारी पहल थाल्ने हो भने अवका दिनमा अग्रगामी रुपमा युवाहरुलाई प्रशिक्षित र परिचालित गर्नु जरुरी रहन्छ ।

राजा विनाको हिन्दू राष्ट्रका लागि स्पष्ट धारणा र सकल्प : नेपालको ऐतिहासिक पृष्ठभुमिलाई न त नकार्न मिल्छ, न नाघेर नयाँ कुरा दर्शाउने अरु कुनै प्रावधान नै भेटिन्छ । यसअर्थमा पनि नेपाली जनताले यो कुरा बुझेकाछन र जन चाहाना अनुरुप राजसस्था अब कुनैपनी हालतमा पुर्नस्थापित हुनेवाला छैन र त्यसका लागी हामी स्पष्ट छौ, भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ । त्यस्तै विश्व परिवेशमा धर्म प्रचारक जस्तै युवा जगत हिन्दूत्वको कुरा प्रचारात्मक बनाउदै अरु धर्मले जस्तै विश्वब्यापी रुपमा जित्नुपर्छ वा विश्वभरी हिन्दू धर्मको बर्चश्व हुनुपर्छ भन्ने मान्यताको कट्टरता सँग सरोकार नराखि अगाडि बढ्नु पर्छ । ब्यक्तिगत स्वार्थ सँग हामी युवा कदापी आवद्ध हुने हैन । हामी अहिले स्वार्थी बनेका छौ भने, केवल राष्ट्रहितलाई सर्वोपरी ठानेर राष्ट्रिय स्वार्थका लागी हामी लिपिबद्ध भएर एकजुट हुदै अगाडि बढ्न जरुरी छ । राष्ट्र हित, राष्ट्रिय स्वार्थ, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय पहिचानका लागी हामी दृढ संकल्पका साथ अगाडि बढ्न जरुरी छ । साथै नेपाललाई विश्व मानचित्रमा पहिचानको आधारस्तम्भको रुपमा कायम राख्न राजा विनाको धर्म सापेक्ष हिन्दूराष्ट्र नेपाल स्थापनार्थ काम गर्दै अगाडि बढ्न जरुरीछ । जहाँ सबै धर्मको उच्च सम्मान सहितको धार्मिक स्वतन्त्रता न्याय संगत तरिकाले कायम राख्ने कुराका लागी हामीलाई कुनै आपत्ति नहुने कुरा स्वीकार गर्दै जानु आवश्यक छ । त्यस्तै सबै ओमकार परिवार र हिन्दूको मान्यता र गौरव प्राप्तिका लागी पनी युवा अग्रसर भएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

गोत्रीय परिवेशमा ढल्न सक्नु पर्छ र हामीले मान्ने भनेको केवल ४ जात मात्र हो :  पृथ्वीनारायण शाहले आर्जेको मुलुक चार जात छत्तिस वर्णको फुलबारीका आजका हामी एक्काईसौ शताब्दिका नर नारीहरु आज भन्दा सयौ बर्ष पुरानो कुराबाट विचलित भएर जातिभेदको उल्झनमा बाँचि रहयौ । राजनैतिक चलखेलले हामीलाई यहाँ सम्म पु-याइदियो कि आफ्नो र पराईमा फरक एवम् भिन्नता छुट्याउन सकेनौ । र पिल्सि रह्यौ उ जनजाती हो, उ दलित हो, उ पिछडिएको जाती हो भनेर । कुनै पनी धार्मिक ग्रन्थमा लेखेको छैन, दलित, जनजाती वा उत्पिडीत जातिलाई धार्मिक ग्रन्थको अध्ययन गर्न पाईदैन वा छुन पाईदैन, भनेर । त्यसैले पनी नेपालमा विधमान रुढिवादी परम्परालाई चिरफार गर्न जरुरीछ । चार जातमा मात्र सिमित रहने गरी गोत्रीय हिसाबले सम्पूर्ण जातजाती एकै ठाउमा समेटिने अवस्था श्रृजनाका लागी नेपालका हिन्दू एवं ओमकार परिवारका सबै युवाहरु एक ढिक्का भएर खुराफाती राजनैतिक चलखेलको पर्दाफास गर्दै कृयाशिल भएर अगाडि बढ्न जरुरीछ । नेपालको जन संख्याको आधारलाई हेर्दा ८४ प्रतिशत हिन्दू भए जस्तै ९६ प्रतिशत जनता ओमकार परिवार भित्र पर्दछन भन्ने अर्थलाइ मनन गर्दै मुस्लिम र क्रिश्चियन धर्म वाहेक अरु सबै धर्मको संयन्त्र हो ओमकार परिवार हो भन्ने बुझ्दै तमाम रुढिवादि र विकृतिलाइ समय सापेक्ष रुपमा परिवर्तन गर्दै जानु पर्दछ ।

स्वाभिमान र आत्मसम्मानको लडाई:  परिवर्तन सँग सँगै भित्रिएका कुनैपनी राज्य संचालनका शासन पद्धति लोकतन्त्र वा गणतन्त्रका हामी विरोधी नभई पक्षधर हौ । तर पूर्ण रुपमा राजनैतिक परिपाटिबाट ओतपोत भएका राजनेता वा राजनैतिक कार्यकर्ताले पनी हाम्रो यो शान्तिपूर्ण र स्वतन्त्र हिन्दू राष्ट्र पुर्नस्थापनाको कुरालाई आत्मसाथ गर्न नसकेपनी सम्मान गर्ने कुरामा दुई मत छैन र देखिदैन पनी । हामी युवाहरुले राजनिती भन्दा माथी उठेर ढुंगे युगको जस्तो कुरुती र कुसंगतीपूर्ण अन्ध विश्वासै अन्ध विश्वासले भरीएको हिन्दु राष्ट्र हैन वल्कि शानदार एवं जात जातीको कुरा भन्दा माथी रहने आधुनिक हिन्दुराष्ट्र पुर्नस्थापनाको लागी काम गरौं । जसद्वारा हाम्रो स्वाभिमान र आत्म सम्मानको रक्षा होस । विश्वमा हाम्रो चिनारी हिन्दु राष्ट्र नेपालका लागी पहल गर्न एवं प्रशिक्षित हुन जरुरीछ ।

नेपालको ओमकार परिवारको विभाजन जस्तै विश्वका चार धर्म: विश्वमा हिन्दु, मुस्लिम, क्रिश्चियन र यहुदि गरी चार धर्म छन । जसरी वास्तबिक चार धर्म विश्व परिवेशका छन ठिक त्यसै गरी नेपालमा हिन्दू धर्मकै बौद्ध, शिख, जैन र प्रकृति धर्म गरी चार अलग अलग धर्म रहेको पाईन्छ । यस्तो विभाजन अन्य कुनै धर्ममा पाईदैन । हामीलाई यसरी विभाजनको संघारमा ल्याएर उभ्याउने को हुन रु किन हामीलाई आपसमा छिन्न भिन्न गरेर हाम्रो वर्चस्व खोस्न चाहान्छन रु के हाम्रो गरिबीले हामीलाई यस्तो मोडमा ल्याएर उभ्याएको हो त रु जस्ता विभिद प्रश्नको उत्तर खोज्दै सामाजिक परिवर्तनका लागी युवाहरु एक ढिक्का हुने बेला आएको हो भन्ने बुझ्न र बुझाउन जरुरी छ । त्यसैले सम्पूर्ण ओमकार परिवार एक ढिक्का भएर नेपाललाई हिन्दू राष्ट्र पुर्नस्थापनाको पहलमा कृयाशिल हुदै कार्य गर्न जरुरी छ । तसर्थ अब युवाहरु एकजुट भएर राष्ट्र सुरक्षाका लागी अगाडि बढ्न जरुरी छ । त्यो तबमात्र सम्भव छ जब हामी जब हामी नेपाललाई चिनाउने एउटा धरोहर हिन्दु राष्ट्र पुर्नस्थापना गर्न सफल हुनेछौ ।                                                                        govindababu.pokhrel@gmail.com