शुक्रबार, चैत्र १६, २०८०

स्व सिंहको स्मृतिमा प्रजातन्त्र पुरस्कार कोषको स्थापना

काठमाडौ कात्तिक ४, गणेशमान सिंह फाउन्डेसनले गणेशमान सिंहको स्मृतिमा प्रजातन्त्र पुरस्कार स्थापना गरेको छ । फाउन्डेसनका अध्यक्ष एवम् पूर्व उपप्रम प्रकाशमान सिंहको अध्यक्षतामा मङगलवार बसेकोे केन्द्रीय समितिको बैठकले प्रजातन्त्रका पिता तथा लौह पुरुष सर्वमान्य नेता सिंहको जन्मशताब्दी वर्षको download (33)अवसरमा पुरस्कार स्थापना गर्ने निर्णय हो ।  रु २० लाखको अक्षयकोष राखेर स्थापना गरिएको पुरस्कार प्रजातन्त्रको सम्बद्र्धन र मुलुकको समृद्धिका लागि योगदान पु¥याएका व्यक्तिलाई प्रत्येक वर्ष सो अक्षयकोषबाट आउने ब्याजबाट दिइनेछ ।

विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका गणेशमान सिंहको गतवर्ष कात्तिक २४ देखि जन्मशताब्दी वर्ष प्रारम्भ भएको र यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । फाउन्डेसनलगायत विभिन्न सङ्घसंस्थाले जन्मशताब्दीको सन्दर्भमा एक वर्ष भरी विभिन्न कार्यक्रम गर्दै आएका छन् ।