बिहिबार, बैशाख १३, २०८१

सामाजिक सञ्जालमा जथाभावी सामग्री पोष्ट गर्नेलाई कारबाही गरिने

काठमाडौं कात्तिक १३, सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिथोलिने गरी सामग्री पोष्ट गर्नेलाई कारबाही गरिने नेपाल प्रहरीले जनाएको छ । प्रहरीको timthumbकेन्द्रीय अनुसन्धान ब्युरोले आज सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने किसिमका कार्य भए÷गरेको देखिन आएको हुँदा उल्लिखित कार्यहरू कानुनले दण्डनीय कार्यका रूपमा परिभाषित गरेको जानकारी गराउँदै त्यस्तो कार्य नगर्न भनिएको छ ।

साथै जारी सूचनाको बर्खिलाप यस्ता कार्यहरू गर्ने र गर्न लगाउने व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने भन्दै प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गर्ने कार्य नगर्न र नगराउन सबैमा अनुरोध गरेको छ ।