शुक्रबार, बैशाख १४, २०८१

सामग्री प्रकाशन/प्रसारण गर्न बन्देज नलगाउन महासङ्घको आग्रह

काठमाडौ कात्तिक ११. नेपाल पत्रकार महासङ्घले आन्दोलनरत संयुक्त मधेसी मोर्चाले बाराका सञ्चारमाध्यमलाई मोर्चाबाहेक अन्यको विज्ञापन, release 11 kattikशुभकामनालागयत सामग्री प्रकाशन–प्रसारण गर्न बन्देज लगाएकामा आपत्ति जनाएको छ । महासङ्घका महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा कुनै पनि बहानामा सञ्चारमाध्यममाथि यस किसिमले बन्देज लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरिएको छ ।

बारामा सञ्चारमाध्यममाथि लगाइएको बन्देज तत्काल हटाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोगको वातावरण निर्माण गर्न सरकार र आन्दोलनरत पक्षलाई महासङ्घले विज्ञप्तिमार्फत आह्वानसमेत गरेको छ । साथै, महासङ्घले मधेसमा जारी आन्दोलनको संवादका माध्यमबाट छिटोभन्दा छिटो निष्कर्षमा पु¥याउन सरकार र आन्दोलनकारी पक्षलाई पुनः आह्वान गरेको छ ।