शुक्रबार, बैशाख ७, २०८१

सहमतिय सरकार गठनकालागि निर्धारित समयसिमा आजबाट सकियो

प्रधानमन्त्री चयनका लागि बहुमतीय प्रक्रिया सुरु

images (6)काठमाडौ आश्विन २१, राष्ट्रपति डा रामवरण यादवले सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि गत आश्विन १५ गते दिनु भएको समयसिमा आजबाट समाप्त भएको छ । सात दिनको समयसहित गर्नुभएको आह्वानको अन्तिम दिनसम्म पनि सहमतिको सरकार गठन यद्यपी यस वीचमा मुलुकका 11102प्रमुखदलहरुबाट सरकार गठनको औपचारिक र अनौपचारिक छलफल सिवाय कुनै ठोस कार्य हुन सकेनन ।

त्यसोत मुलुकमा संविधान जारी भएयता देखिएको समस्या अर्थात मधेस आन्दोलन र छिमेकी मुलुकल भारतको अघोषित नाकाबन्दीले पनि प्रस्तुत प्रसंगमा निकै ठूलो भूमिका खेलेको सहजै अनुभूत गर्न सकिन्छ । किनकी दलहरुले सरकार गठनको तयारी गर्नु पर्ने समयमा यो वा त्यो बहानामा एका तर्फ मधेसवादी दलले जारी राखेको आन्दोलन अर्को तर्फ भारतको अघोषित नाकाबन्दीका कारण मुलमुद्धा आफैमा ओझेलमा परेको जानकारहरुको अभिमत रहेको पाइन्छ ।

प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिबाट निर्धारण गरिएको समयसिमा समाप्त भएयता अव फेरि राष्ट्रपति डा यादवबाट प्रधानमन्त्री चयन गर्न संसद्लाई आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मौजुदा व्यवस्था अनुरुप व्यवस्थापिका–संसद्को शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री चयनका लागि बहुमतीय प्रक्रिया सुरु हुँनेछ ।
यसवीचमा निर्धारित समयसिमाको अन्तिम दिन आज नयाँ सरकार गठनका लागि एमालेले काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला , नेकपा एमाओवादी र राप्रपा नेपाललाई लगायतकादललाइ  आग्रह गर्दै गर्दा पनि कुनै उपलब्धी भने हुन सकेनन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930