बिहिबार, बैशाख ६, २०८१

सहमतिय धरातलमा टेक्दै सरकार बनाउँने दलीय छलफल सुरु

व्यक्तिगत रुपमा गरिएको सम्झौता कांग्रेसलाई मान्य हुँन्न:वरिष्ठ नेता देउवा

वार्तापछि आन्दोलनरत मधेसी दल सहितका दलहरु सम्मिलित सरकार बन्ने

काठमाडौं आश्विन १६, राष्ट्रपति रामबरण यादवले शुक्रवार सरकार गठनका लागि ७ दिनको समयसिमा दिदै नयाँ सरकारको गठन गर्न आह्वान गरेपछि मुलुकको राजनैतिक वृतमा प्रमुख राजनीतिक दलहरुले सहमतीय सरकार निर्माणका विषयमा छलफल सुरु भएको छ । छलफलको क्रममा आज प्रमुख दलहरु 3 dallछलफलमा जुट्दै छन ।
त्यसो त तत्कालीन संविधानसभाको निर्वाचन पछि काँग्रेस सभासपति सुशील कोइरालालको नेतृत्वमा रिकार बन्दै गर्दा काँग्रेस र एमालेवीच भएको सहमति अनुरुप मुलुकमा नयाँ संविधान जारीभए लगत्तै काँग्रेसले सत्ताको जिम्मेवारी नेकपा एमालेलाई दिने सहमति भएको थियो ।
प्रस्तुत सहमति अनुरुप अव बन्ने सरकार नेकपा एमालेको नेतृत्वमा बन्ने लगभग निश्चित छ ।
यद्यपी अव बन्ने सरकारमा एमाओवादी समेतलाई सहभागी गर्दै अगाडि बढ्नु पर्ने भएकोले आन्तरिक छलफलमा जुटेको बताइएको छ । प्रमुख तीनदलको छलफल पछि साझा सहमति निर्माण गर्दै विगतमा भएका सहमति लाइ मान्दै अगाडि बढे एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा संविधान निर्माणका सहयात्री प्रमुख तीन दल काग्रेस, एमाले र एमाओवादी र वार्ता पछि आन्दोलनरत मधेसी दल सहितका दलहरु सम्मिलित सरकार बन्ने विषयमा कुनै शंका छैन ।  तथापी नेपाल तरुण दलले आज विहान राजधानीमा गरेको चियापान कार्यक्रमलाइ  सम्बोधन गर्दै  काँग्रेस  वरिष्ठ नेता देउवाले दलहरुबीच सहमतिको सरकारका लागि छलफल सुरुभएपनि   व्यक्तिगत रुपमा कसैसँग गरिएको सम्झौता नेपाली कांग्रेसलाई मान्य नहुने प्रष्ट अभिव्यक्ति दिनु भएको  छ ।