शनिबार, बैशाख ८, २०८१

सरकार र मधेसी मोर्चाबीचको वार्ता :अर्को चरणको वार्ताबाट निष्कर्षको पहिचान गरिने

काठमाडौं कात्तिक ८ , सरकार र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीचको वार्ताले सकारात्मक मोड लिएको छ । सिंहदरबारमा आज भएकोे वार्तामा मोर्चाले bartaआफ्ना माग स्पष्ट रूपमा प्रस्तुत गरेको र छलफल सकारात्मक रहेको वार्ता टोलीका सदस्यले जनाउँदै आगामी १२ गते बुधवार हुँने अर्को चरणको वार्ताबाट निष्कर्षको पहिचान गरिने बताएका छन ।

यसैवीच प्राप्त एक जानकारी अनुसार आजको वार्ता आफैमा निर्णायक हुँने भनिएपनि पनि दुबै पक्षले आफ्ना पूर्ववत् अडानलाई दोहो¥याउँदै वार्ता सरकारात्मक भने पनि मधेसी मोर्चाले प्रदेश सीमाङ्कनको विषयमा अडान लिएपछि वार्ता सार्थक बन्न नसकेको बुझिएको ।

यद्यपी वार्ताको उपयुक्त वातावरण बनाउन र आवश्यक समन्वय र तयारी गर्न भन्दै सरकारी वार्ताटोलीको तर्फबाट कानुनमन्त्री खरेल र मोर्चाको तर्फबाट लालबाबु राउत रहेको अर्को वार्ता समन्वय टोली भने गठन गरेको छ ।  आजको वार्तामा सरकारका तर्फबाट मन्त्री थापा, कानुनमन्त्री अग्नि खरेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा र बिनाविभागीयमन्त्री रामजनम चौधरी हुनुहुन्थ्यो भने मोर्चाका तर्फबाट महन्थ ठाकुर, हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, लालबहादुर राउत र रामनरेश यादवलगायतको सहभागीता रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।