शनिबार, बैशाख ८, २०८१

सरकार गठनका विषयमा कांग्रेसले आधिकारिक धारणा बनाउँदै

काँग्रेस वृतमा अहिले १६ बुँदे सहमति हुँदै गर्दाको अवस्थामा भएको भनिएको भद्र सहमतिको कार्यान्वयनको  सवालमा अन्तर विरोध

काठमाडौं आश्विन २१, काँग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि बस्दैछ । बिहान ९ बजे बस्ने आजको बैठकमा काँग्रेसले सरकारको नेतत्वका बारे औपचारिक निर्णय लिने तयारी रहेको बुझिएको छ।  त्यसो त काँग्रेस वृतमा अहिले १६ बुँदे सहमति हुँदै गर्दाको अवस्थामा भएको nc flageभनिएको भद्र सहमतिको कार्यान्वयन गर्ने भन्ने सवालमा दुइ समूह देखिएको अवस्था छ । त्यस्तै एक समूहको मत भने प्रधानमन्त्रीमा काँग्रेस आफैले उम्मेदवारी दिनु पर्ने आवाज आइरहेको छ । यसको लागि उनिहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने तयारी गरिरहेका छन भने अर्को समूहले भने एमाले अध्यक्ष ओलीलाई समर्थन गर्नु पर्ने जिकिर गर्दै आइरहेका छन ।

यद्यपी अहिलको अवस्था भनेको जारी नयाँ संविधानको कार्यान्वयननै भएकोले यसअघि चार दलबीचको ‘भद्र सहमति’ कार्यान्वयन नगरे समस्या उपन्न हुँने पक्षमा मा भने स्वय काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाल समेत देखिएको बताइएको छ । स्रोतका अनुसार मुलकमा संविधान जारी भएयता अघोषित नाकाबन्दी गर्दै आइरहेका भारत स्वयम पनि एमाले अध्यक्ष ओली नेपालको प्रम नवनोस भन्ने चाहनामा रहेको दावी गर्दै नेपालमा प्रधानमन्त्रीको निर्यौल नभएक कारण नै जारी नाकाबन्दीलाई वार्ताको क्रममा खुलाईएको तर व्यवाहरमा दिनानुदिन कडा पार्दै लगेको बताएका छन ।