शनिबार, बैशाख ८, २०८१

सरकार गठनका लागि एमालेद्दारा काँग्रेस, एमाओवादी र राप्रपा नेपाललाई सहयोग गर्न आग्रह

काठमाडौ आश्विन २१, नेकपा एमालेले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि ए माओवादी नेतृत्वलाई आग्रह गरेको छ । एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेतृत्वले आज एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाट पुगी ‘भद्र सहमति’अनुसार अध्यक्ष ओलीको नेतृत्वमा नयाँ images (13)सरकार गठनका लागि औपचारिक आग्रह गरेको हो ।  जवाफमा अध्यक्ष दाहालले सहमतिबाटै अगाडि बढ्नुपर्नेमा जोड दिँदै सो विषयमा आफ्नो पार्टीको शुक्रबार बस्ने पदाधिकारी बैठकले निर्णय गर्ने बताउनुभएको छ । यसअघि काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला र राप्रपा नेपाललाई पनि आग्रह गरेको छ ।

एमालेका अध्यक्ष केपी ओलीसहितको टोलीले विहिबार साँझ राप्रपा नेपालको केन्द्रीय कार्यालय धूमबाराहीमा पुगेर पार्टी अध्यक्ष कमल थापा र अन्य पदाधिकारीसँग भेट गरी सहयोगका लागि आग्रह गरेको हो ।  एमालेको प्रस्तावमा अध्यक्ष थापाले आफ्नो पार्टी सकारात्मक रहेको र नयाँ सरकारको नेतृत्वका लागि अध्यक्ष ओलीलाई शुभकामना दिँदै केन्द्रीय कार्यसमितिको बैठकले चाँडो निर्णय लिने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको बुझिएको छ ।