शुक्रबार, चैत्र १६, २०८०

सरकारी वार्ता टोली र आन्दोलनरत मधेसी मोर्चाबीच वार्ता हुँदै

काठमाडौं आश्विन १८,  सरकारी वार्ता टोली र आन्दोलनरत मधेसी मोर्चाबीच आज बिहान १० बजे सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा औपचारिक Madhesi-Parties_of-Nepal-वार्ता हुने भएको छ । आजको बार्तामा मधेसी मोर्चाले संविधान संसोधनका लागि १७ बुँदे अवधारण सहित विगतमा भएका सम्झौता कार्यानवयनको माग पत्र प्रस्तुत गर्ने भएको छ।
गत आश्विन ३ गते संविधानसभाकाट जारी संविधानमा मदेसीदलको विमति रहेको सीमाकंन, राज्यपुनर्संरचना, समानुपातिक समावेशी, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्नेलगायतका १७ बुँदे संसोधनको प्रस्ताव मोर्चाले प्रस्तुत गर्ने तयारी गरेको छ ।
सरकारसँगको वार्ताको लागि भन्दै मोर्चाले यसअघिनै लक्ष्मणलाल कर्णको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको थियो ।