शनिबार, बैशाख ८, २०८१

सम्पादक भण्डारी सम्मानित

काठमाडौं आश्विन १८,  आफ्नो स्थापनाको करीव ५० बर्ष पछि पहिलो पटक पशु सेवा विभागले विश्व पशुपंक्षी दिवस एवम् प्रथम पशु सेवा विभाग स्थापना दिवसको अवसरमा नेपालको पहिलो कृषि साप्ताहिकका सम्पादक वैकुण्ठ भण्डारी सहित पशु सेवाका क्षेत्रमा योगदान पु-याउने ११ जनालाई सम्मानित गरेका छन् ।   सम्पादक भण्डारीलाइ  पशु सेवा विभागले विगत लामो समयदेखि कृषि पत्रकारितामा सक्रिय रहेर कृषि प्रशासनको 12122738_10203501162769800_1175054489468778742_nसुशासन एवम् कृषि प्रविधि प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सो सम्मान प्रदान गरेको हो ।

कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईको प्रमुख आतिथ्यतामा सो सम्मान गरिएको थियो । नेपाली छापा सञ्चार माध्यममा भण्डारीको सम्पादकत्वमा कृषि क्षेत्रको विषयगत साप्ताहिक रुपमा नेपालको पहिलो साप्ताहिकका रुपमा कृषि साप्ताहिक प्रकाशन हुँदै आईरहेको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका कृषि सचिव उत्तम कुमार भट्टराईले कृषि क्षेत्रको विकास र परिवर्तन गर्नका लागि कृषि पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भन्दै यस्ता सम्मान कार्यक्रमले कृषि पत्रकारहरुलाई कलम चलाउन उत्साहित गर्ने समेत बताए ।