बिहिबार, बैशाख १३, २०८१

समृद्ध मुलुक निर्माण लागि राष्ट्रिय एकता कायम गर्न एनआरएनएलाइ राष्ट्रपति डा यादवको आव्हान

काठमाडौ आश्विन २९ , गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को  ७औ अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण लागि विश्वभर छरिएर रहेका नेपालीलाई आह्वान गर्नुभएको छ ।
download (29)साथै सम्बोधनकै क्रममा राष्ट्रपति डा यादवले गैरआवासीय नेपालीलाई गाउँगाउँमा जान आग्रह गर्दै आर्थिक, सामाजिक सांस्कृृतिक अधिकारसहित गैरआवासीय नेपालीलाई नागरिकता उपलब्ध गराउने वैधानिक अधिकार उपलब्ध गराएकाले यसले देशको समृद्धिको सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै उहाँले त्यस अवसरमा वैशाखमा गएको भूकम्पपछि विदेशमा रहेका नेपालीले उल्लेखनीय सहयोग गरेको उल्लेख गर्दै राष्ट्रपति डा यादवले आगामी दिनमा भूकम्पपछिको पुनःनिर्माणमा एनआरएनएको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त समेत व्यक्त गर्नुभएको छ ।