शुक्रबार, बैशाख ७, २०८१

सभामुख नेम्बाङद्दारा काँग्रेस नेता केसीको ‘विषय बहस र मेरो विचार’ लोकार्पण

काठमाडौ आश्विन २३,  व्यवस्थापिका संसदका सभामुख सुवास नेम्बाङले आज एक कार्यक्रमकावीच नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘ विषय बहस र मेरो विचार’को पुस्तकको लोकार्पण गर्नु भएको छ । सभामुख नेम्बाङले पुस्तकको लोकार्पण गर्दै यो पुस्तकबाट लेखक केसीका राजनीतिक अनुभव बुझ्न सकिने बताउँदै मुलुकमा जारी संविधानमा देखापरेका असन्तुष्टिलाई संविधान संशोधनमार्फत समेट्न सकिने भन्दै सबै पार्टीको सहभागितामा सरकार गठन हुनु राष्ट्रिय आवश्यकता रहेकामा जोड दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएकोछ ।

पुस्तकको लोकार्पण कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुङ्गाना,प्रा कृष्ण खनालले पुस्तको उपादृयताका सवालमा बोद्यनु भएको थियो भने लेखक केसीले आफूले संविधानसभा र विभिन्न बैठकमा राखेका धारणालाई विभिन्न पत्रपत्रिकामा छापिएका लेखलाई सङ्कलन गरी पुस्तक प्रकाशित गरेको जानकारी दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930