शुक्रबार, चैत्र १६, २०८०

संस्थागत निर्णय विपरितका कार्य सम्पादन गर्ने मन्त्रीलाई१५ बुँदे मार्गनिर्देशन सहित तत्काल कारबाहीको २३ बुँदे आचारसंहिता जारी

काठमाडौं कात्तिक ११, एमाओवादीले एमाले नेतृत्वको गठबन्धन सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुको प्रयोजनार्थ भन्दै संस्थागतरुपमा बाहेक कुनैपनि निर्णय आफूखुसी काम गर्ने नपाउने गरि २३ बुँदे आचारसंहिता सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मङलवार पत्रकार सम्मेलनमार्फ सार्वजनिक गरिएको उक्त २३ बुँदे आचारसंहितामा मुलत सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुले स्वकीय र निजी सचिवमा आफ्ना आफन्त र downloadनातेदारलाई नियुक्त गर्न नपाउने प्रावधान जारी गरेको सरकार सञ्चालन सहयोग तथा समन्वय समितिका संयोजक एवम् पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ ।

त्यस्तै मन्त्रीस्तरीय निर्णय गर्दा पनि पार्टीगत वा राजनीतिक पूर्वाग्रहबाट माथि उठेर संविधाननत व्यवस्था अनुरु विधिसम्मत् एवम् संस्थागत रुपमा गर्ने, अनियमित काम नगर्ने र हुन नदिने लगायतका बुँदाहरु आचारसंहितामा राखिएको संयोजक श्रेष्ठाले जानकारी दिनु भएको छ । त्यस्तै सरकार गठन गर्दाको अवस्थामा भए गरेको सहमति अनुरुप संयुक्त सरकारको साझा कार्यक्रम, मन्त्री भएको र मन्त्री पदबाट मुक्त भएपछि १० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने , मन्त्रालयलाई पारिवारिक र पार्ठीगत दवावबाट मुक्त राख्ने, विदेश भ्रमण नगर्ने, सरकारको कामलाई परिणाममुखी बनाउने, शिलान्यास, पुरस्कार वितरण, उद्घाटन सम्मान ग्रहणजस्ता औपचारिक कार्यक्रममा सहभागी नहुने भ्रष्टाचारविरुद्ध सशक्त कदम चाल्ने, कूटनीतिक आचारसंहिता पूर्णरुपमा पालना नगर्ने, विदेशी वा अरु कसैबाट बहुमूल्य वा अपारदर्शी प्रकृतिका उपहार स्वीकार नगर्ने, सरकारी सवारी वा सुविधा वा पारिवारिक काममा प्रयोग नगर्ने त्यस्तै गरि प्रत्येक महिना सम्पादित कार्यको सार्वजनिक सुनुवाइ आयोजना गर्ने, सरकारी काममा आर्थिक मितव्ययिताको नीति अपनाउने, सरकारी सुविधा प्राप्त गर्ने अवस्था आए विपन्न उत्पीडित वर्ग, क्षेत्र एवम् समुदाय, सहिद एवम् बेपत्ता योद्धाका परिवार, देश तथा जनताका पक्षमा पूर्णरुपमा क्रियाशीललाई प्राथमिकता दिने विषय आचारसंहितामा समावेश गरिएको छ ।

यस्तै पत्रकार सम्मेलनमा एमाओवादी उपाध्यक्ष श्रेष्ठले एमाओवादीले १५ बुँदे मार्गनिर्देशिका समेत सार्वजनिक गरेको छ । त्यसमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, हित र स्वाभिमानलाई सर्वोपरी राख्ने, जनताको हक हितको रक्षा, सम्वद्र्धन र विस्तारलाई केन्द्रबिन्दुमा राखी आम जनताको सेवामा सर्मपित रहुने, मजदुर, किसान, सुकुम्वासी, गरिब, श्रमजीवी, दलित , सहिद तथा बेपत्ता योद्धाका परिवार, घाइते योद्धा र सबै उत्पीडित वर्ग एवम् समुदायको हितलाई ध्यान दिने उल्लेख गर्दै  आचारसंहितालाई नमान्ने वा अटेर गर्ने मन्त्रीलाई तत्काल कारबाही गरिने बताउँनु भएको छ । त्यस अवसरमा एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको समेत उपस्थिति रहेको थियो ।