बिहिबार, बैशाख ६, २०८१

व्यवस्थापिका संसद सदस्य गुरुङको पहलमा जनसम्पर्क समिति अमेरिका मार्फत केसी र श्रेष्ठलाइ आर्थिक सहयोग

SAHAYOG-TO-SURESH-SHRESTHA-650x390
७० वर्षीय सुरेश श्रेष्ठ (कान्छा दाई)
SAHAYOG-TO-MOHAN-KC-650x390
८३ वर्षीय मोहन केसी

काठमाडौ कात्तिक ८ , नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा व्यवस्थापिका संसद सदस्य धनराज गुरुङले नेपाली कांग्रेसको स्थापनाकालदेखि झण्डै ४ दशकभन्दा बढी समय कांग्रेस कार्यालयमा काम गरेका ८३ वर्षीय मोहन केसी र ७० वर्षीय सुरेश श्रेष्ठ ९कान्छा दाई० को उपचारका लागि सहयोग स्वरुप काँग्रेस जनसम्पर्क समिति, अमेरिकाले उपलब्ध गराईएके जनही ५०/५० हजार रुपियाँ सहयोग आज उहाँहरुकै निवासमा पुगेर हस्तान्तरण गर्नु भएको छ ।

  ८३ वर्षीय मोहन केसी र ७० वर्षीय सुरेश श्रेष्ठ (कान्छा दाई) विगत लामो समयदेखि दमको रोगबाट पीडित हुँदै उपचारको जोहो गर्न नसकेपछि व्यवस्थापिका संसद सदस्य गुरुङले दमको रोगबाट पीडित दुबै जनाको उपचारका लागि काँग्रेस जनसम्पर्क समिति अमेरिका मार्फत अमेरिकामा रहेका नेपालीलाई आग्रह गरेर सो रकम सङ्कलन गरेको जानकारी दिनुभएको छ ।