बिहिबार, चैत्र १५, २०८०

व्यवस्थापिका संसद्को पहिलो अधिवेशन बैठक सुरु

काठमाडौ आश्विन १५ , व्यवस्थापिका–संसद्को नयाँ अधिवेशन आजदेखि प्रारम्भ भएको छ । निर्धारत समयभन्दा २५ मिनेट ढिलो अर्थात् १३ः२५ बजे सुरु भएको बैठकले मुलुकका अधिवेशन सुरु भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको bicc-1अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्ने र त्यस पछि मुलुकका लागि नयाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको चयन गर्ने भएको छ ।

संसद्ले तयार गर्ने नयाँ नियमावली र कार्यविधि अनुरुप संविधानको व्यवस्था अनुसार अधिवेशन प्रारम्भ भएको ७ दिनभित्र प्रधानमन्त्री, २० दिनभित्र सभामुख र उपसभामुख तथा ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने हुँँन्छ ।  आजको बैठकको प्रारम्भमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति डा रामवरण यादवबाट संसद्को अधिवेशन आह्वान गर्नुभएको विषयको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर बैठकमा सुनाउनुभएको थियो ।

त्यस्तै  बैठकमा लोकतन्त्रका लागि बलिदानी दिने सहिदको सम्मानमा २ मिनेट मौनधारणा गर्दै सभामुख नेम्वाङले अर्काे बैठक आजै १७ः०० बजे बस्ने गरी बैठक स्थगनको घोषणा गर्नुभएको थियो ।