काठमाडौँ कात्तिक ५, बडादसैंको अन्तिम दिन विजयादशमीको साँझ उपत्यकामा नेवार समुदायले खड्गजात्रा अर्थात ‘पाया’ पर्व मनाएका छन् । काठमाडौं उपत्यकालगायत नेवार समुदायको बसोबास रहेका अरु जिल्लाका शक्तिपीठहरुबाट खड्गधारण गरी खड्गजात्रा निकाल्ने गरिन्छ । तान्त्रिक विधिबाट खड्गको पूजाआजा गरी परम्परागत पहिरनमा खड्गधारण गरी खड्गजात्रा मनाउने गरिन्छ । काठमाडौंमा भने कंकेश्वरी, टेःवहाल, वटु भद्रकाली, कोहीटी निलबाराही, र हनुमानढोका दरवारबाट तलेजु भवानीको खड्गजात्रा निकाल्ने परम्परा रहेको पाइन्छ । नगरपरिक्रमा गरी जात्रा सकिएपछि दानवको प्रतीक कुभिन्डोमा खड्गले प्रहार गरी असत्यमाथि सत्यको जित भएको भन्दै खुसियाली मनाउने गरिन्छ ।
विजयादशमीको साँझ उपत्यकामा नेवार समुदायले मनाए खड्गजात्रा
October 22, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पत्रकारको साझा संस्था पत्रकार महासंघ स्थापनाको ६९औं वर्षमा
- संस्थागत विद्यालयको नाममा नेपालीपन झल्कने गरी राख्न महानगरको निर्देशन
- प्रदेश र स्थानीय तहको वित्तीय अनुदान स्वीकृत गर्ने सरकारको निर्णय
- उपनिर्वाचन: इलाम–२ मा लिम्बू रास्वपाको उम्मेदवार घोषित
- बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार विस्तार
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np