बिहिबार, चैत्र १५, २०८०

संसद बैठकलाई पहिलो सम्बोधन गर्दै प्रम ओलीले भने- वार्ता र संवादको विकल्प छैन

संवादबाट समस्याको समाधान गर्न आन्दोलनरत दललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौ आश्विन २८,  व्यवस्थापिका–संसद्को आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत दललाई सार्थक संवादका images (37)माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ । सम्बोधनको क्रममा आन्दोलनरत दलले उठाएका विभिन्न मागलाई संविधान संशोधनका माध्यमबाट पूरा गर्न सकिने बताउँदै वार्ता र सार्थक संवादको विकल्प नभएको प्रष्ट अभिव्यक्ति  दिनुभएको छ ।

साथै नेपाल भारत सीमा क्षेत्रमा देखिएको नाका समस्या प्रति लक्षित गर्दै प्रम ओलीले छिमेकी राष्ट्रसँग पञ्चशीलका आधारमा सम्बन्ध अगाडि बढाउने र संयुक्त राष्ट्रसङ्घको बडापत्रलाई आधार बनाएर अगाडि बढ्ने र जारी समस्या समाधान गर्न उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापालाई शनिबार भारत पठाउन लागेको संसदबैठकलाइ जानकारी दिनु भएको छ ।

 पूर्णपाठको लागि यहाँ क्लिक गर्नु होला ।