शुक्रबार, बैशाख १४, २०८१

वर्ष ०७२ को बडादसैमा अप्रिय घटनामा न्यूनता :महानगरीय प्रहरी

काठमाडौ कात्तिक ६,  बडादसैँमा कुनै पनि किसिमका अप्रिय घटनामा कमि आएको महानगरीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विगतका वर्षहरुमा बडा download (2)दशै लगायतका पर्वको समयमा काठमाडौँ उपत्यकामा विभिन्न किसिमका घटना हुने गरेको भएभनि वर्ष ०७२को बडादसैँमा त्यस्तो कुनै पनि किसिमका अप्रिय घटनामा न्यूनता आउँनुको अलावा जनजीवन सामान्य रहेको प्रहरीको भनाइ रहेको छ ।

त्यस्तै प्रहरीले यसवीचमा हुँनसक्ने सम्भावित घटनालाई दृष्टिगत गर्दै सर्तकता अपनाएका कारण सहज स्थिती भएको बताएका छन । त्यस्तै अघिल्लो दसैँमा मादक पदार्थ सेवन गरी लापर्वाहीपूर्वक सवारी साधन चलाउने र दुर्घटनामा परी केहीको ज्यानै जानेसमम्का घटना भए पनि यस पटक त्यस्ता घटना भएको छैन । पेट्रोलियम पदार्थका अभावले उपत्यकामा कम सवारी साधन चलेकाले पनि सडकमा कुनै समस्या नरहेको प्रहरीको भनाइ छ । यसैबीच उपत्यकाका सडकमा कम सवारीसाधन चले पनि मान्यजनकामा टीका लगाई आशीर्वाद थाप्न जानेको चहलपहल निकै बाक्लो देखिएको छ ।