शुक्रबार, चैत्र १६, २०८०

वरिष्ठ नेता देउवाको प्रस्ताव र उपसभापति पौडेलको समर्थनमा प्रम लागि कोइरालाको उम्मेदवारी दर्ता

काठमाडौ आश्विन २३, काँग्रेस केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय अनुरुप नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवाको प्रस्तावक र उपसभापति रामचन्द्र पौडेलको समर्थनमा नयाँ प्रधानमन्त्रीको निर्वानको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
pm10सभापति सुशील कोइरालाले उम्मेदवारी दर्ता गराउँन जाँदा उहाँको संग नेपाली काँग्रेसका बहुसख्यक सांसदका साथै महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेताहरु पनि सहभागी हुनुहुन्थ्यो । उम्मेदवारी दर्ता गराउन्नुपूवए उहाँले राष्ट्रपति डा रामवरण यादवसमक्ष विशेष कुराकानी गर्दै प्रधानमन्त्रीको पदबाट राजीनामा दिनु भएको थियो ।

व्यवस्थापिका–संसद् सचिवालयले आज बिहान ११ बजेदेखि अहराह्न ४ बजेसम्म प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउने समयसीमा दिएको छ । उम्मेदवारी दर्ता गराउने समयसीमा सकिएलगत्तै अपराह्न ४:३० बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यसूची रहेको छ । आइतबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको उम्मेदवारको समर्थक र प्रस्तावकले धारणा राखेपछि मतदान प्रक्रिया सुरु हुने सचिवालयले जनाएको छ ।