बिहिबार, चैत्र १५, २०८०

लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति आज चयन हुँदै,अंक गणितीय हिसावमा भण्डारी पहिलो महिला राष्ट्रपति बन्ने सम्भावना प्रवल

 एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र प्रमुख विपक्षी नेपाली कांग्रेसबाट पूर्व महामन्त्री कुलबहादुर गुरुङ प्रतिस्पर्धा, बिहान ११ बजेदेखि मतदान सुरु

काठमाडौं कात्तिक ११, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका लागि आज व्यवस्थापिका संसदमा निर्वाचन हुँदैछ । राष्ट्रपति पदमा सत्तारुढ गठबन्धनबाट नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र प्रमुख विपक्षी नेपाली कांग्रेसबाट पूर्व महामन्त्री कुलबहादुर गुरुङ प्रतिस्पर्धामा रहेका छन ।
संसद सचिवालयले निर्वाचनको लागि सार्वजनिक गरेको कार्यतालिका अनुरुप संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज बिहान ११ बजेदेखि गोप्य Untitled-1मतदान सुरु हुने छ । बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म राष्ट्रपतिको चयन भने गोप्य मतदानद्वारा हुनेछ। मतदान सकिएपछि साढे २ बजेदेखि मतगणना हुनेछ भने बेलुकी पौने ५ बजे मतगणनाको परिणाम सभामुखलाई निर्वाचन समितिले हस्तान्तरण गर्नेछ। बुधबार साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिको मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको संसद जनाएको छ।

राजनीतिक समीकरणमा आकस्मिक फेरबदल नआए बहुमतीय आधारमा हुने मतदानमा व्यवस्थापिका संसदभित्र प्रतिनिधित्व गर्ने १४ भन्दा बढी दलले भण्डारीको उम्मेदवारीमा समर्थन गरेका कारण भण्डारी राष्ट्रपतिमा निर्वा्चित हुनेमा एमालेसहित सत्तारुढदल ढुक्क देखिन्छ।  त्यस्तै राष्ट्रपति पदका अर्का उम्मेदवार गुरुङलाई बुधवार विहानसम्म आफ्नै पार्टी कांग्रेसको मात्रै समर्थन देखिएको छ भने यसअघि प्रधानमन्त्रीको निर्वाचनमा काग्रेसलाई सहयोग गरेका मधेस केन्द्रीत दलहरुले निर्वाचनमा भाग नलिने घोषणा गरेका कारण उनको अंक गणितीय आधारमा उनको पजतको सम्भावनामा आशंका ब्यक्त गर्न थालिएको छ ।
यसअघि राष्ट्रपति पदका उम्मेदवारी दिएको नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी फिर्ता लिई भण्डारीलाई नै सघाउने जनाएको कारण प्रस्तुत संभावना झा बलियो भएको हो ।  त्यस्तै प्रधानमन्त्री निर्वाचनका बेला सघाएको मधेस केन्द्रित दलले समेत राष्ट्रपतिको चुनावी प्रक्रियामा भाग नलिने भएकाले भण्डारीलाई सहज बनेको विश्लेषहरुको भनाइरहेको छ । संसद्मा कांग्रेसका २०७ सांसद छन्। भण्डारीलाई समर्थन गर्ने सत्ता समीकरणमा आबद्ध सदस्य संख्या ३२० भन्दा माथि रहेको छ । – श्रीजन झा