शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रिय लिगको उपाधि थ्री स्टारलाई, नेपाल आर्मी उपविजेता

काठमाडौ आश्विन ३०, राष्ट्रिय लिग अन्र्तगत आज भएको फाइनल खेलमा मनाङलाई २–० को  गोल अन्तरमा  पराजित गर्दै वर्ष ०७२को राष्ट्रिय लिग फुटबलको उपाधि थ्री स्टार क्लबले जितेको छ । यो जित संगै थ्री स्टार क्लबले रु एक करोड पुरस्कार समेत हात पारेको छ भने उपविजेता नेपाल आर्मी क्लबले रु ५० लाख ThreeStars-300x300तथा तेस्रो स्थानको टोली मनाङ मस्र्याङ्दी क्लबले रु २५ लाख हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज आयोजित समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विजेताहरुलाइ एक कार्यक्रमाकावीच पुरस्कार प्रदान गर्नु भएको हो । त्यस्तै प्रतियोगितामा विजेता थ्री स्टारका किरण चेम्जोङ उत्कृष्ट गोलरक्षक, चौथो स्थान प्राप्त गरेको झापा एघारका देवेन्द्र तामाङ उत्कृष्ट रक्षक, तेश्रो स्थानको मनाङका विशाल राई उत्कृष्ट मिडफिल्डर, आर्मीका नवयुग श्रेष्ठ उत्कृष्ट फरवार्ड तथा थ्री स्टारकै राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रत्येक विधाका उत्कृष्टले एक–एक यामाहा मोटरसाइकल प्राप्त गरेका छन ।