शनिबार, बैशाख ८, २०८१

राष्ट्रपति निर्वाचन प्रयोजनार्थ दर्ता भएको ३ वटा प्रस्ताव मध्ये नेमकिपाका उम्मेदवार महर्जनद्दारा उम्मेदवारी फिर्ता

एमालेका उपाध्यक्ष भण्डारी र काँग्रेसका पूर्वमहामन्त्री गुरुङवीच प्रतिस्प्रर्धा हुँने

काठमाडौ कात्तिक १०, व्यवथापिका संसद्मा बुधबार हुने राष्ट्रपति निर्वाचन प्रयोजनार्थ आज दर्ता भएको ३ वटा उम्मेदवार प्रस्ताव मध्ये नेपाल मजदुर किसान Untitled-1पार्टीका उम्मेदवार नारायण महर्जनले आफ्नो उम्मेदवारी फिर्ता गर्नुभएको छ । संसद् सचिवालयले प्रदान गरेको समयसीमाभित्र नेपाल नेमकिपाका उम्मेदवार नारायण महर्जनले आफ्नो उम्मेदवारी फिर्ता गर्नु भएको हो । अव उक्त निर्वाचनमा एमालेका उपाध्यक्ष विद्या भण्डारी र काँग्रेसका पूर्वमहामन्त्री गुरुङको मात्र उम्मेदवारी कायम रहेको छ ।
अव व्यवथापिका संसद्मा बुधबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म गोप्य मतदान प्रक्रियाबाट मतदान हुनेछ । मतदान सकिएपछि अपराह्न २ः३० बजेदेखि मतगणना हुनेछ भने अपरान्ह ४ः४५ बजे मतगणनाको परिणाम सभामुखलाई निर्वाचन समितिले हस्तान्तरण गरिने सचिवालयले जनाएको छ ।