बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपतिपदको लागि व्यवस्थापिका–संसद् सचिवालयमा मतदान सुरु

काठमाडौ कातिक ११, नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् सचिवालयमा लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनको लागि बिहान ११ Capture12बजेबाट मतदान सुरु भएको छ । राष्ट्रपति पदको लागि भएको प्रस्तुत निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङ प्रतिस्पर्धामा मैदानमा हुनुुहुन्छ ।

संसद सचिवालयका अनुसार मतदान ११ बजेबाट सुरु भई अपराह्न २ बजेसम्म चल्नेछ । मतदान सकिएपछि अपराह्न २ः३० बजेबाट मतगणना प्रारम्भ हुने र अपराह्न ५ बजे बस्ने संसद्को बैठकमा मत परिणाम घोषणा गरिने संसद् सचिवालयले निर्वाचन कार्यतालिका रहेको जनाएको छ।