बिहिबार, बैशाख १३, २०८१

राप्रपा नेपालले महामन्त्री गुरुङको निधनमा सात दिन शोक मनाउने

काठमाडौं आश्विन १७ , राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अमेरिकाको कोलोराडोमा उपचारको क्रममा महामन्त्री एवम् पूर्व सभासद 12079305_10204147204914959_3889409717613719418_nचन्द्रबहादुर गुरुङको निधनमा शोक प्रकट गर्दै सात दिन शोक मनाउने निर्णय गरेको छ ।  त्यस्तै आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले सात दिनसम्म शोक मनाउने, तीन दिनसम्म पार्टीको झन्डा झुकाउने र १३ दिनसम्म पार्टीले कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले गुरुङको पार्थिव शरीरलाई नेपाल ल्याउने र वैद्धिक परम्पराअनुसार दाहसंस्कार गर्नेलगायत व्यवस्थापनका लागि पार्टी उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा एक समिति गठन गरेको गरेको जानकारी दिदै सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनु भएको छ ।