शुक्रबार, बैशाख ७, २०८१

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक: सरकारमा जाने वा नजाने निर्णय गर्ने अधिकार अध्यक्ष थापालाई

  काठमाडौ आश्विन २२,  नयाँ संविधान जारीपश्चात् मुलुकमा पछिल्लो अवस्थाको अवस्थाको सम्बोधन एवम् नयाँ सरकार गठन र तराई मधेस आन्दोलनका सवालमा छलफल गर्न भन्दै आजबाट सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय समितिको पूर्ण पूर्ण बैठकले नयाँ सरकारमा पार्टी सहभागी हुने वा rppnनहुनेबारे उपयुक्त समयमा उचित निर्णय लिन पार्टी अध्यक्ष कमल थापालाई अधिकारसहित जिम्मेवारी दिएको छ ।

आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाले पछिल्लो राजनीतिक अवस्था र पार्टीको भूमिका बारेमा सदस्यलाई जानकारी दिनुको नयाँ बन्ने सरकारमा पार्टीको सहभागिता हुने/नहुने बारेमा पनि बैठकले निर्णय लिइने एजेन्दा तय गरिएको थियो ।

त्यस्तै मुलुकमा पछिल्लो समयमा देखिएको समस्याको समेत समीक्षा गर्दै बैठकले विगत मधेस क्षेत्रमा भएको आन्दोलन तथा भारतले लगाएको नाकाबन्दीको परिणामस्वरुप जनजीवन अत्यन्त असहज र कष्टकर हुन गएको भन्दै तत्काल त्यसको समाधान गर्नुपर्नेमा बैठकले एकमतमा जोड दिइएको बुझिएको छ ।
त्यस्तैगरि अघोषित नाकाबन्दी तत्काल फिर्ता लिन तथा पारवहन व्यवस्था सुनिश्चित गर्न मित्रराष्ट्र भारत सरकारसँग आग्रह गर्दै बैठकले नाकाबन्दीको अन्त्य गर्न भारतसँग अविलम्ब प्रभावकारी कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930