बिहिबार, बैशाख ६, २०८१

रातो मछिन्द्रनाथको रथबाट नरिवल खसालीयो

आज बिहान एकल महिलाले रथ तानियो

काठमाडौ आश्विन १६,सहकाल र वर्षाको भगवान भनेर चिनिने रातो मछिन्द्रनाथको रथ जात्राअन्र्तगत शुक्रवार ३२ हात अग्लो रथबाट नरिवल खसाली जात्रा मनाइएको छ  । गत बैशाख १२ गतेको महाभूकम्प पछि रोकिएको उक्त जात्रा गत आश्विन ५ गतेबाट गरिएको थियो । यहि रथजात्राअन्र्तगत शुक्रवार रथबाट IMG_5229sjh_roadphotography_rato machhindranath 072नरिवल खसाली जात्रा मनाइयो हो ।

यसरी रथबाट खसालिएका नरिवल समात्न सक्ने व्यक्तिले आँटेको कुरा पुग्ने धार्मिक विश्वास रहँदै आएको छ । रथबाट खसालेको नरिवल टिप्न एक आपसमा झगडासमेत हुने गर्दछ । समातिएको नरिवल पुनः रथमा फिर्ता गरिने चढाउने प्रचलन छ ।

यसैवीच रथबाट नरिवल खसालेको भोलिपल्ट अर्थात आज शनिवार बिहान महिलाले मात्र रथ जात्रा सम्पन्न गर्ने परम्परा रहिआएको छ । एकल महिलालाई पनि जात्रामा सहभागी गराउनु पर्छ भन्ने धार्मिक मान्यताअनुसार आज महिलाले मात्र रथ तानी जात्रा सम्पन्न गरेको हो ।