शुक्रबार, बैशाख १४, २०८१

राजनीतिक सन्तुलनका लागि उपराष्ट्रपतिपद साना दललाई दिनुुपर्ने परिवार दलको माग

काठमाडौ कात्तिक ७, नेपाल परिवार दललले राजनीतिक सन्तुलनका लागि राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा साना दललाई उपराष्ट्रपति पद दिनुपर्ने pariwar dallमाग गरेको छ । दलका अध्यक्ष एकनाथ ढकालले आज जारी गर्नु भएको विज्ञप्तिमा परिवारदलले प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी ओली तथा सभामुखमा एमाओवादीकी नेत्री ओनसरी घर्तीलाई समर्थन गरेको जनाउँदै अब हुँने उपराष्ट्रपतिको निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई मत दिनुपर्ने माग गर्नुभएको छ। त्यस्तै विज्ञप्तिमा र सत्ता साझेदार दल र नेपाली काँग्रेससंगको छलपल पछिमात्र दलको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार तय गरिने उल्लेख गरिएको छ ।