बुधबार, बैशाख १२, २०८१

यस्तो छ सभामुख र उपसभामुखको निर्वाचनको कार्यतालिका

काठमाडौ आश्विन २७ ,  व्यवस्थापिका–संसद् सचिवालयले सभामुख र उपसभामुख पदको निर्वाचन कार्यक्रम आज सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको कार्यक्रम अनुसार  राजनीतिक सहमतिमा निर्वाचन सम्पन्न गर्न भोलि बिहीबार ३ बजेसम्मको समयावधि तोकिएको छ । यसवीचमा सहमति हुन नसके bicc-1सभामुख पदको निर्वाचन आश्विन २९ गते शुक्रबार ३ बजे र उपसभामुख पदको निर्वाचन पनि सोही दिन ५ बजे गर्ने गरी निर्वाचनको मिति र समय निर्धारण गरिएको छ ।

सहमतिमा हुने निर्वाचनका लागि भोलि ११ः३० देखि २ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा मनोनययन दर्ता गर्ने तथा त्यसरी दर्ता भएको प्रस्ताव बमोजिमको नामावली प्रकाशित गर्ने समय २ः३० बजेसम्मका लागि तोकिएको छ । सहमतिका आधारमा सभामुख र उपसभामुख निर्वाचित भएको घोषणा गर्ने समय भोलि नै दिनको ३ बजेका लागि तय गरिएको छ ।  त्यस्तै राजनीतिक दलहरुबीच ती दुवै पदमा सहमति कायम हुन नसकेमा बहुमतीय आधारमा सभामुख र उपसभामुख पदका लागि असोज २९ गते ११ः३० बजेदेखि २ बजेसम्म उम्मेदवारका प्रस्ताव दर्ता हुनेछन् । दर्ता भएका प्रस्ताव बमोजिम नामावली प्रकाशन गर्ने समय सोही दिन २ः३० बजेसम्मका लागि तोकिएको छ ।