बिहिबार, चैत्र १५, २०८०

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम

Untitled-1काठमाडौ कात्तिक ७ , व्यवस्थापिका संसद् सचिवालयले नेपालको राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आज अपराह्न सार्वजनिक गरेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार नेपालको संविधानको धारा २९७ को उपधारा २ एवम् व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा २९ र ३८ को उपदफा (१) बमोजिम हुने राष्ट्रपति र उपराष्ट्रपति पदमा राजनीतिक सहमतिमा निर्वाचन सम्पन्न गर्न कात्तिक ८ गते अपराह्न ४ः३० सम्म र राजनीतिक सहमति हुन नसकेमा कात्तिक ११ गते बिहान ११ः०० बजे निर्वाचन हुने भनी संसद् सचिवालयले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ । आज सुरु भएको कार्यक्रममा मतदाता नामावली प्रकाशन ४ः४० बजे र अन्तिम मतदाता नामावली प्रकाशन आजै अपरान्ह ५ः३० बजेका लागि निर्धारण गरिएको थियो ।  त्यस्तै सार्वजनिक निर्वाचन तालिकाअनुसार कात्तिक ८ गते राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, प्रस्ताव बमोजिमको बर्णानुक्रमअनुसार नामावली प्रकाशन गर्ने र व्यवस्थापिका–संसद्को बैठकमा राजनीतिक सहमतिको आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचित भएको घोषणा गरिनेछ ।  यदि यसवीचमा राजनीतिक सहमति कायम नभएमा भने कात्तिक १० गते दिनको १ः०० बजेभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने, त्यसपछि नामावली प्रकाशन गर्ने, नामावली उपर दाबी विरोध गर्ने, उम्मेद्वारी फिर्ता लिने र कात्तिक १० गते अपरान्ह ३ः०० बजे नै अन्तिम नामावली प्रकाशन गरिनेछ ।

कार्यक्रम अनुसार कात्तिक ११ गते नै अन्तर्राष्ट्र्यि सम्मेलन केन्द्रको ल्होत्से हलमा विहान ११ बजेदेखि २ः०० बजेसम्म मतदान भई अपरान्ह २ः३० पश्चात मतगणना र अपरान्ह् ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसदको बैठकमा घोषणा गरिनेछ ।   यसअघि व्यवस्थापिका– संसद्को आज बसेको बैठकमा सभामुख ओन्सरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपदफा ९२० अनुसार राजनीतिक सहमतिमा यही कात्तिक ८ गते १६ः३० बजेभित्र र त्यसो नभए सोही धाराको उपदफा ९३० बमोजिम कात्तिक ११ गते ११ बजे निर्वाचन हुने मितिका सम्बन्धमा जानकारी दिदै कात्तिक ११ गते सम्पन्न हुँनेगरि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गर्दै संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृतको ज्म्मिेवारी तोक्दै निर्वाचनको कार्यतालिका समेत आजै सार्वजनिक गर्न निर्देशन समेत दिनु भएको थियो । त्यसअघि बैठकमा सभामुखले मन्त्रिपरिषद् गठन र कार्यविभाजनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गरिएको थियो ।