शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ नेपाली सेनाले सुरु गरेको निःशुल्क यातायात सेवा

काठमाडौ कात्तिक १४ राजधानीमा इन्धनको चरम अभावको समस्या र  यसवीचमा यात्रुले भोग्नु परेको असहज कठिनाइलाइ दृष्टिगत गर्दै नेपाली सेनाले निःशुल्क यातायात सेवा सुरु गरेको छ ।
 नेपाली सेनाका प्रवक्ता ताराबहादुर काकीका अनुसार नेपाली सेनाले यसरी सुरु गरेको यातायात सेवा अन्र्तगत शुक्रवार देखि उपत्यकाको आठ वटा रुटमा निःशुल्क दैनिक चार ठूला बस सञ्चालन गरेको र जारी सेवा अनुरुप बिहानी र दिवा गरी दुई समूहमा दैनिक चार बस क्रमस बानेश्वर–कोटेश्वर–एकान्तकुना–कालिमाटी–त्रिपुरेश्वर हुँदै रत्नपार्क तथा भद्रकाली–जमल–लैनचौर–नारायणगोपाल चोक–बालाजु–सोह्रखुट्टे हुँदै माइतीघर कायम गरिएको छ भने  त्यस्तै माइतीघर–सहिदगेट–त्रिपुरेश्वर–कालीमाटी–कलङ्की–स्वयम्भू–छाउनी–ताहाचल टेकु–थापाथलीसम्म रहेको जानकारी दिनुभएको छ । फोटो: नेपाली सेना