शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ आजको मन्त्रीपरिषद बैठकको निर्णय

मधेसकेन्द्रित राजनीतिक दलसंगको वार्ताको लागि उनीहरूको मागबमोजिम अघि बढ्न सकिने स्पष्ट गर्दै भन्सार र राजमार्गमा अवरोध गर्नेलगायत बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह

मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धानमा र आयोगका सचिव श्रीधर सापकोटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा

शिक्षक सेवा आयोगका अध्यक्षमा ताना गौतम नियुक्त

काठमाडौ आश्विन १४ ,  सरकारले मुलुकमा नयाँ संविधान जारी भएसंगै तराइमा जारी आन्दोलन र छिमेकी मुलुक भारतको अघोषित नाकाबन्दीका कारण सिर्जना भएको असहज परिस्थितीलाइ सम्बोधन गर्दै सरकारले आज अवेर साझ वसेको मन्त्रीपरिषदको बैठकमार्फत मधेसकेन्द्रित राजनीतिक दलसंगको वार्ताको लागि उनीहरूको मागबमोजिम अघि बढ्न सकिने स्पष्ट गर्दै भन्सार र राजमार्गमा अवरोध गर्नेलगायत बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह cabinetगरेको छ । त्यस्तै आजको बैठकले आन्दोलनरत पक्षको मागअनुसार सुरक्षाकर्मीलाई सामान्य जिम्मेवारीमा फर्काउन सकिने तथा गम्भीर अपराधमा संलग्न भएकाबाहेकको मुद्दा फिर्ता लिन र पक्राउ परेकाहरूलाई रिहा गर्न सकिने बताउँदै त्यसका लागि आन्दोलनरत दलले बन्दहडताल र सीमा नाकामा अवरोध तत्काल रोक्नुपर्नेमा जोड दिइएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनु भएको छ ।

त्यस्तै  आजको बैठकमा वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले मधेसकेन्द्रित राजनीतिक दलसँग प्रमुख तीन राजनीतिक दलले वार्ता गरिरहेको र त्यस बारेमा भएका प्रगतिको जानकारी दिनुको अवाला भारत भ्रमण सकेर फर्किनुभएका वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका सम्बन्धमा भएका प्रयासबारे बैठकलाई जानकारी गराउँनु भएको बुझिएको छ ।

पेट्रोलियम पदार्थ र अन्य दैनिक उपभोग्य सामग्रीको सहज आपूर्तिका लागि कूटनीतिक रुपमा पहल गर्नाका साथै वैकल्पिक उपाय अपनाएर वर्तमान असहज परिस्थितिको अन्त्य गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको जानकारी दिँदै मन्त्री डा रिजालले वार्ताको सहज वातावरण बनाउन आन्दोलनकारीको माग बमोजिम वीरगन्ज अस्पतालमा उपचारार्थ कलावतीदेवी र उषा श्रीवास्तवको उपचारको प्रबन्ध मिलाउन स्वास्थ्य र गृह मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिनु भएको  छ ।

त्यसैगरी आजको बैठकले बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवमा र आयोगका सचिव श्रीधर सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ भने शिक्षक सेवा आयोगका अध्यक्षमा ताना गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  त्यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १७ जनाको उपचार खर्च निकासा गर्ने निर्णय गर्नाका साथै आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरुप जनही रु १० लाख दिने निर्णय भएको छ भने सरकारी सवारी साधनलाई मितव्ययी रुपमा सञ्चालन गर्न आवश्यकताभन्दा बढी इन्धनको व्यवस्था नगर्ने र सम्भव भएसम्म सार्वजनिक सवारी साधनलाई सहज ढङ्गले इन्धन आपूर्तिको व्यवस्था गर्ने निर्णय भएको गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930