मङ्लबार, बैशाख ११, २०८१

म्यानमारको संसदीय चुनावमा ८ सय महिला उम्मेदवार, प्रजातन्त्रवादी नेत्री सुकी पनि चुनावी प्रतिस्प्रर्धामा

एजेन्सी कात्तिक ८, म्यानमारमा नोभेम्बरको ८ तारिखमा हुन लागेको संसदीय निर्वाचनको तयारी लगभग पूरा भएको त्यहाँका निर्वाचन sukiअधिकारीलाइलाइ उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएको छ। समाचार एजेन्सीका अनुसार करिब दुई दशकपछि म्यानमारमा नोभेम्बरको ८ तारिखमा हुने निर्वाचनका तयारी 201311241385277423idसम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी म्यानमार सरकारले गरिसकेको जनाउँदै निर्वाचनमा ६ हजार ६५ जनाले उम्मेदवारी दिएको जानकारी दिदै उम्मेदवारीमध्ये निर्वाचनमा प्रजातन्त्रवादी नेत्री आङ सान सुकीसहित करिव ८सय महिला उम्मेदवार रहेको उल्लेख गरिएको छ

त्यस्तै ९१ वटा राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाएको र ३सय दश भन्दा बढि स्वतन्त्र उम्मेदवार रहेको बताईएको छ ।साथै म्यानमारमा केन्द्रीय र क्षेत्रीय गरी यसपटक तीन करोड ५० लाख मतदाताले भाग लिने र यसको लागि ४० हजार ५१६ मतदान केन्द्रको व्यवस्था गरिएको समाचारमा उल्लेख गरिएको छ जनाइएको छ ।