शुक्रबार, चैत्र १६, २०८०

मुलुकलाई नयाँ शिराबाट दिशानिर्देश गर्ने नयाँ राजनीतिक शक्ति चाहिएको छ: पूर्वप्रम भट्टराई

काठमाडौं आश्विन २१, केहि समय अघिमात्र एमाओवादी परित्याग गरेको घोषणा गर्दै जिल्ला दौदाहमा रहेको पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आज नेपालगन्जमा विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुलुक आत्मा निर्भर बनाउँन विगत लामो कालखण्ड देखि जारी रहदै आएको बाह्य spotlight-baburam-Bhattarai-march-2प्रभावबाट अक्षुतो राख्नु पर्ने जिकिर गर्नु भएको छ ।  साथै उहाँले यसको लागि राष्ट्रिय एकताको भावनामा देखिएको विचलनलाइ मजवुत बनाउँदै लैजानु पर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।   त्यस्तै उहाँले अहिले भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दी पनि यसैको उपज भएको भन्दै जुन निन्दनीय र अमानवीय भएको बताउँनु भएको छ ।

संविधान जारी भएपछि मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यका साथ आफूले एमाओवादी पार्टी परित्याग गरेको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री भट्टराईले त्यस अवसरमा मुलुकलाई नयाँ शिराबाट दिशानिर्देश गर्ने अब नयाँ राजनीतिक शक्ति चाहिएको छ    र त्यो शक्ति अब छिट्टै निर्माण हुने र यसको तयारी भइसकेको बताए पनि कुन शक्ति र कसरी हो त्यस वारेमा   भने कुनै खुलासा गर्न भएन ।  फगत  यो पछि स्वत सार्वजनिक हुँदै जाने अभिव्यक्ति दिनु भएको समाचारमा उल्लेख गरिएको छ ।