बिहिबार, बैशाख १३, २०८१

महङगो सवारी भाँडा तिर्दै दसैंको टीका थाप्दै

काठमाडौ कार्तिक ६ , आज विजयादशमी अन्र्तगत टीकाको दोस्रो दिन  आफन्त र मान्यजनका हातबाट आज पनि टीका थाप्ने क्रम जारी छ । दशमीका दिनदेखि IMG_7157sjh_roadphotography_dashain_072पूर्णिमासम्म मान्यजनका हातबाट दसैंको टीका र आशीर्वाद थाप्ने परम्परा रहिआएको छ।

राजधानी लगायत मोफसलमा समेत भारतीय पक्षले गरेको आघोषित नाकाबन्दीका कारण सिर्जित इन्धनको चरम अभावका वावजुद पनि महङगो भन्दा महङगो सवारी भाँडा तिर्दै आफ्ना मान्यजनकोमा दसैंको टीका र आशीर्वाद थाप्न जानेहरुको लर्को बाटोमा देखिएको छ भने कतिपय भने वर्ष ०७२को दसैं कष्टकर बनेको र कहि जाने इच्छाभएपनि जान यहाँसम्मकी राजधानी आसपासको क्षेत्रमा समेत जान नपाएको गुनासो गरेका छन् ।

एकातर्फ नाकाबन्दीका कारण उपभोग्यवस्तुको अभाव र चर्को मूल्य झेल्दै आएका उपभोक्ताले अन्य समयमा भन्दा दसैंमा ठूलोमात्रामा उपभोग्यवस्तु खपत गर्ने भएकाले राजधानीका कतिपय वासिन्दाले ग्यासको अभावमा दाउरामा खाना पकाउन बाध्यभएको भएको जिकिर गरेका छन ।