शुक्रबार, बैशाख ७, २०८१

मन्त्री परिषदको बैठक: आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

इन्धन आपुर्तिलाइ सहज बनाउँन भारत सरकारसँग कूटनीतिक पहल
प्रधानमन्त्रीको स्वकीय सचिवमा इन्द्र भण्डारी र प्रेस सल्लाहकारमा प्रमोद दाहाललाई नियुक्त गर्ने निर्णय
विशिष्ट श्रेणीका बढुवा भएका कर्मचारीलाई पदस्थापन

काठमाडौ आश्विन २८,  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनरत पक्षलाई आन्दोलन स्थगित गरी वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका सरकारका प्रवक्ता अग्नि खरेलका अनुसार वार्ताको लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा विभिन्न राजनीतिक दलसँग छलफल गरेर उपयुक्त वार्ता समिति गठन गर्ने निर्णय गर्नुको अलावा मुलुकमा व्याप्त सिंहदरबारचरम अभाव हुँदै आएको  इन्धन आपुर्तिलाइ सहज बनाउँन भारत सरकारसँग कूटनीतिक पहल गरिरहेको र त्यसका लागि वैकल्पिक उपाय अपनाउन थप कदम अगाडि बढाउने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले प्रधानमन्त्रीको स्वकीय सचिवमा इन्द्र भण्डारी र प्रेस सल्लाहकारमा प्रमोद दाहाललाई नियुक्त गर्ने निर्णयलाइ अनुमोदन गर्दै अघिल्लो सरकारले बढुवा गरेका केही विशिष्ट श्रेणीका बढुवा भएका कर्मचारीलाई पदस्थापन तथा अन्य केहीलाई सरुवा गर्ने निर्णय गरेको छ । जस अनुरुप प्रशासनतर्फका केदारबहादुर अधिकारीलाई सामान्य प्रशासन अतिरिक्त समूहबाट क्षेत्रीय प्रशासक पश्चिमाञ्चल, पोखरामा, राजेन्द्रप्रसाद नेपाललाई महालेखा नियन्त्रकको कार्यालयबाट क्षेत्रीय प्रशासन कार्यालय पूर्वाञ्चल धनकुटामा, महेशप्रसाद दाहाललाई सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहबाट क्षेत्रीय प्रशासन मध्यमाञ्चल हेटौँडामा र मोहनकृष्ण सापकोटालाई सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहबाट क्षेत्रीय प्रशासन कार्यालय मध्यपश्चिमाञ्चलमा र श्रीरामकुमार आचार्य क्षेत्रीय प्रशासक, क्षेत्रीय प्रशासन कार्यालय हेटाँैडाबाट श्रम सचिव श्रम तथा रोजगारमन्त्रालयमा र भीमप्रसाद उपाध्यायलाई सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहबाट नेपाल ट्रस्टको कार्यालयमा सचिवमा र सुरेशप्रकाश आचार्यलाई क्षेत्रीय प्रशासन कार्यालय धनकुटाबाट प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा र पदस्थापन गर्ने निर्णय गरिएको प्रवक्ता खरेलले जानकारी दिनु भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930