शुक्रबार, बैशाख १४, २०८१

मधेसी मोर्चा वार्तामा बस्न तयार, चार सदस्यीय वार्ता टोली गठन

काठमाडौ आश्विन १७,  संयुक्त लोकतान्तिक मधेसी मोर्चाको मोर्चाको आज यहाँ बसेको बैठकले सरकारसँग जुनसुकै बेला वार्ता गर्न तयार रहेको जनाउँदै चार 12108172_1112490005428493_2527965829151115486_nसदस्यीय वार्ताटोली गठन गरेको छ । बैठकपछि मोर्चाले जारी गरेको विज्ञप्तिमा सरकारले उपयुक्त वातावरण बनाउनुपर्छ भन्दै आफ्नो प्रस्तावका साथ प्रस्तुत हुने सार्थक र परिणाममुखी वार्ताका लागि सरकार र सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

त्यस्तै विज्ञप्तिमा गठित वार्ताटोलीमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, सङ्घीय समाजवादी फोरम नेपालका लालबाबु राउत, तराई मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता सर्वेन्द्रनाथ शुक्ल र तराई मधेस समाजवादी पार्टीका वरिष्ठ नेता रामनरेस राय रहनुभएको उल्लेख गरिएको छ ।