शनिबार, बैशाख ८, २०८१

भद्र सहमति अनुरुप सहमतीय सरकारको गठन एमाओवादीको निष्कर्ष

काठमाडौं अश्विन २२ , एमाओवादी अध्यक्ष प्रचण्डको निवासमा बसेको सो पार्टीको स्थायी समितिको बैठकले प्रमुख दलको सहभागिता १६ बुँदे सहमति गर्दा download (13)भएको ‘भद्र सहमतिको मर्मलाइ आत्मासात गर्दै सरकार गठन प्रक्रियालाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

त्यस्तै बैठकले मुलुकमा जारी संविधानको कार्यान्वयन गर्न पनि प्रमुख दलको सहमति र सहकार्य हुनु आवश्यक रहेको भन्दै बहुमतीय प्रक्रियाले अगाडि बढ्दा मुलुकको हित नहुने ठहर गर्दै यस्तो निष्कर्षको पहिल्याएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै एमाओवादीले सरकार गठनको विषयमा प्रमुख दलसँग द्विपक्षीय र बहुपक्षीय छलफल गर्ने निर्णय सहित मधेसमा जायज माग राखी आन्दोलनमा केन्द्रित भएका राजनीतिक दल तथा समूहको मागको न्यायोचित सम्बोधनका लागि आठबुँदे सर्तसमेत प्रस्तुत गर्ने नितिगत निर्णय गरेको समाचारमा उल्लेख गरिएको छ।